www.tandavnews.com
Fact ~ In search of truth

फोटोग्राफर जगन्नाथ उलकको सम्झना

सुनिल उलक
पाेखरा, ताण्डव न्यूज । 

उहाँ कतिको लागि जगन्नाथ मास्टर हुनुहोला, कतिको लागि मिस्त्री बाजे हुनु होला तर हाम्रो लागि हाम्रो आदर्श हुनुहुन्थ्यो । उहाँ शालीन, कहिल्यै हामीलाई गाली नगर्ने तथा सदाचार राख्नुहुन्थ्यो । मुमा केही कडा हुनुहुन्थ्यो उहाँ देखेर हामी छोराछोरी सबै डराउँथ्यौ । तर बुबाको मायाले हामी सबै परिवार बाँधिएका थियौँ ।

२००६ साल चैत्र २२ गते मंगलवारको राती ११ बजे चार भरियालाई भारी बोकाएर दुई साना साना छोरी र श्रीमतीका साथ नयाँ सपना बोकेर केबल २६ वर्षको उमेरमा भक्तपुरबाट ९ दिनको यात्रा पछि पोखरा छिर्नुभएका उहाँको सपना केबल एक हप्ता नबित्दै नराम्ररी भत्कियो । पोखरामा अप्रत्यासित रूपमा भएको ठूलो आगलागीमा लगाइरहेको एकसरो कपडा बाहेक सबै जलेर गयो । ढोका कै छेउमा छोडिएको गहौँ्र बक्सा नजिकै रहेका आठपहरियाले तानेर जोगाइयो तर त्यो बक्सा केवल किताबले भरिएको बक्सा थियो ।

Batas

पोखरेलीलाई ज्ञान छर्न आउनु भएका उहाँको लागि त्यही ज्ञानले भरिएको बक्सा मात्र भगवानले छोडिदिनुभयो । आज मलाई गर्व लाग्छ उहाँको ज्ञानले भरिएको र त्यति ठूलो आगलागीमा जोगाइएको पुस्तक अझै मैले सुरक्षित राखिदिएको छु । सायद बुबाको पुण्यात्माको लागि सदा सुरक्षित छ भनेर सधँै देखाउन सकूँ झै लाग्छ मलाई ।

२००७ साल बैशाख १ गतेबाट शिक्षण पेशा थाल्नुभएका उहाँले २००९ सालमा एक कपडा व्यापारी जगदिश गौचनले बेच्न ल्याउनु भएको पुस्तक बिक्री गर्ने जिम्मा लिँदै पुस्तक पसले बन्नुभयो । जगन्नाथ उलक बुक सेलर एण्ड डिस्ट्र«ीब्युटर्स लेखिएको लेटर प्याड र बिल हामीले बच्चामा देखेका थियाँै । सायद पोखराको पहिलो आधिकारिक पुस्तक पसल यही नै थियो । तर हामीले कहिल्यै दाबी गर्न खोजेनाँै ।

२०१० सालमा पाल्पाका गंगाप्रसादसँग फोटोग्राफी सिक्नुभयो र फोटोग्राफी खोल्नुभयो । नवीन फोटो स्टुडियो नामले २०१२ सालमा छुट्टै साइन बोर्ड नै झुण्डियो । पोखराको पहिलो फोटोग्राफी व्यबसायी सञ्चालक जगन्नाथप्रसाद उलक नै हो भनेर कतिले स्वीकार्न नै चाहेनन् । तर पनि २०४८ सालमा पोखरा फोटोग्राफर संघले अन्य तिन फोटोग्राफरको साथ उहाँलाई अभिनन्दन गरिएको थियो । कृष्णकुमार वैद्य साथमा सिक्नु भए पनि अन्य दुई उहाँ भन्दा पछि र उहाँसँगै सिकेका थिए । तर पनि सम्मान गर्ने एउटा प्रयास भने भएकै मान्नु पर्छ ।

यसरी शिक्षक, पुस्तक व्यापारी तथा फोटोग्राफर समेत बन्नुभएका बुबा प्रतिभावान् हुनुहुन्थ्यो । उहाँको तीक्ष्ण बुद्धिले कुनै पनि सामग्री कसरी बनेको छ भन्ने ठम्याउन सक्नुहुन्थ्यो । त्यसैले भर्खर भर्खर प्रचलित हँुदै गरेको रेडियो बिगँ्रदा उहाँले नै बनाउन थाल्नुभयो । यसरी रेडियो, क्यामेरा, घडी, टाइपराइटर जस्ता सामग्री बनाउने उहाँ मिस्त्री बाजे पनि बन्नु भयो ।

पछिल्लो समय उहाँ स्टोभ, मइन्टोल इत्यादि सामग्री बनाउने गर्नुहुन्थ्यो । उहाँले स्वर्गारोहण हुने दिन २०५४ मंसिर २१ गते शनिबारको बिहानसम्म पनि मर्मत कार्य गरिरहनु भएको थियो । मुमाको वार्षिकीको लागि सबै परिवार जमघट भएको समयमा सबै परिवारलाई एक साथ देख्ने अवसर दिएर मुमाको वार्षिकीको केबल ५ दिन अगाडि बुबाले पनि हामीलाई सधैको लागि छाडेर जानुभयो ।

उहाँको पार्थिव शरीरले छोडेर जानु भए पनि हामीले उहाँका सामग्रीहरू सम्हालेर राख्न छोडेनाम्ै । उहाँले खिचेका असङ्ख्य फोटोका नेगेटिभ, उहाँले फर्निचरको काम गर्दा आवश्यक आफैले बनाउनु भएका सामग्रीहरू सुरक्षित राखेका छौँ । उहाँले पुरस्कार प्राप्त गर्नुभएका आगलागीबाट जोगिएका पुस्तकलाई पनि हामीले सुरक्षित राखेका छौँ । हरेक पुराना वस्तुलाई कवाडी सम्झने आजको पिँढीलाई हामीले सम्हालेर राखेको वस्तु इतिहास लाग्नेछ ।

बुबाको स्वर्गारोहणको बिसाँै पुण्यतिथि बाट नै हामीले “जगन्नाथ उलक स्मृति कोष” बनाउने सोचे पनि केवल मेरो एक्लो प्रयास मात्र कायम रह्यो । अन्य पारिवारिक सदस्यको लागि महत्व लागेन वा बुझेन । अघिल्लो वर्ष पनि मैले बुबाका केही फोटो सहित “उहिलेको पोखरा” को प्रदर्शन पोखरामा गर्न सफल भएँ । यसै वर्ष काठमाडाँैमा पनि “सबैले नदेखेको पोखरा“को प्रदर्शन गर्न सफल भएँ ।

साथै धुलिखेल र सिकलेसमा पनि प्रदर्शन गरेँ । अन्यत्र भने कुरा बढी रह्यो तर कतै मैले समय दिन सकिन कतै त्यहाँ प्रदर्शन गर्ने जमर्को गर्ने आयोजक भेटिएन ।

ठूलो सपना बोकेर एकलव्य झै लागिरहेको मलाई यस पटक पोखराका समाजवसेवी एवं नेपाल उद्योग महासंघका पूर्व अध्यक्ष दाजु आनन्दराज मुल्मीको सहयोगले बुबाको नाममा नै ‘जगन्नाथ उलक स्मृति कोष’ गठन गरी ‘उहिलेको पोखरा फोटो ग्यालरी’को स्थापना गर्न सफल भए । यस कार्यमा विभिन्न व्यक्तित्वहरूले सहयोग गर्नुभयो जसलाई मैले किमार्थ भुल्न सक्दिन । यस ग्यालरीको औपचारिक उदघाटन आगामी मंसिर १२ गते बुबाको ९५आँै पुण्यतिथिमा गरिने कार्यक्रम रहेको छ ।

यहाँहरू सबैलाई एकपटक उहिलेको पोखरा ग्यालरी हेर्न आइदिनुहुन विनम्र अनुरोध गर्न चाहन्छु । एक्लो प्रयासलाई तपाईको आगमनले सहयोग तथा हौसला प्रदान गर्नेछ । प्रवेश शुल्क बापत लिइने रकम ५० रुपैयाँ ठूलो होइन तर यसले मलाई ठूलो हौसला प्रदान गर्नेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.