www.tandavnews.com
Fact ~ In search of truth

ढकमक्क सयपत्री

बिनिता सुनार
पोखरा, ताण्डव न्यूज ।

तिहारले छोपिसकेको छ । यहि तिहारको बेला पोखरा र आसपासका कृषकहरुलाई फूल टिप्न र माला गाँस्न भ्याइनभ्याई छ । घर सजाउन मात्र नभई कुकुर तिहार, गाई पुजादेखि भाइटिकामा समेत तिहारमा फूलै चाहिने भएकाले अहिले यसको अत्याधिक माग छ । केहिको जीविकोपार्जनको माध्यम नै फुल बनेको छ ।

तिहारमा सबै भन्दा धेरै विक्रि हुने फूल भनेको म्यारीगोल्ड हो । गोल्ड नर्सरीका सञ्चालक तथा फ्लोरी कल्चर एशोसियशनका पूर्व अध्यक्ष दयाकुमार द्वा आफु र आफ्ना कर्मचारीलाई म्यारी गोल्डको ब्यापारमा ब्यस्त रहेको बताउँछन् ।

Batas

‘तिहारमा सबैभन्दा बढी विक्री वितरण हुने तथा अत्यधिक आवश्यक पर्ने फूल भनेको मेरीगोल्ड हो,’ उनले भने, ‘९० प्रतिशत म्यारी गोल्ड तिहारमा प्रयोगमा आउँछ । त्यसमा १० प्रतिशत सुपारी फूल जुन भाइटिकाको दिनमा मालामा मिसाएर लगाइन्छ । व्यापारिक हिसाबमा भन्नुपर्दा तिहारको समयमा हरेक किसिमका फुलहरुको विक्री हुने गर्छ । घर, कोठा सजावटको लागि अरु पनि फूलहरु प्रयोगमा आउँछन् । तर मालाका लागि भने सुपारी फूलमा मेरीगोल्ड लाई मिसाएर लगाइन्छ ।’

मखमलीको महत्व

मखमली फूलले एउटा छुट्टै महत्व बोकेको छ । मखमली फुलको माला वास्तवमा कहिल्यै पनि ओइलाएर जादैँन । मखमली फूल नेपालीहरु को लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो ।

मखमली फूल कहिले नओइलिने भएकोले यसलाई दिर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ्र । त्यसैले यस फुलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् ।

संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्नमा पनि सुन्दर भएको ले सन् १८५५ मा जङ्गबहादुरले बेलायत पठाएको उपहार मा पनि परेको थियो । त्यस समयमा यो यो नेपालमा प्रशिद्ध रहेको र भारतमा अप्राप्य रहेको प्रतित हुन्छ ।

सेतो, गाढा कलेजी तथा हल्का रातो रंगमा फुल्ने मखमली तिहारको भाइटिकामा विशेष प्रयोगमा आउँछ । छुँदा घोच्ने यो फूललाई नरम मखमली नाम दिइनुमा सुरुमा नेपाल ल्याँउदा फूलको रंग मखमलको कपडाजस्तो देखिनु नै भएको अनुमान गरिन्छ ।

फूल ब्यवसाय र जीविकोपार्जन

फुल व्यवसायले राम्रो बजार पाउन सफल भएको ब्यवसायीहरु नै स्वीकार्छन । पछिल्लो समयलाई हेर्ने हो भने फूल व्यवसायले नेपालमा नै धेरै राम्रो आम्दानी गर्ने सफल भएका छन् । त्यसैले पनि फूल व्यवसाय गरेरे आम्दानी राम्रो गर्न सकिन्छ ।

‘फूलको खेती गर्दा ठुलै क्वान्टीटीमा गरौँ,’ उनले भने ‘यसमा टिकेर, लगाब दिएर व्यवसाय गर्न सकियो भने फूल व्यवसायमा आम्दानीको राम्रो स्रोत बन्छ । अहिले मानिसहरुले घरको छतमा, करेसाबारीमा अलि अलि फूल रोपेर त आम्दानी लिन थालिसके ।’

डोकेफूलले समस्या

आम्दानीको स्रोत र आफ्नो परिश्रम नै फुललाई खर्चेका कृषकलाई डोको–डोकोमा बोकेर विक्रि गर्न हिँड्नेहरुले समस्यामा पारेको छ ।

‘तिहारको बेलामा बाटोमा गल्ली–गल्लीमा फुल विक्री वितरणले पुष्प व्यवसायहरुलाई केहि हदसम्म अप्ठ्यारो पर्ने गरेको छ,’ उनले भने, ‘सधै फुल नर्सरीमा किन्नु हुन्छ भने त्यो दिन हरेक ठाउँमा किन्दा ग्राहकहरुले महँगो मुल्यमा किन्नु पर्ने हुन्छ । पुष्प व्यवसायीहरुले १ सय देखि २ सय भित्रमा लोकल माला विक्री गर्नु हुन्छ भने किन ५ सय हाल्ने भन्ने मात्र हाम्रो गुनासो रहेको छ । यस बिषयमा सरकारले नै केहि ध्यानाआकर्षण गरी व्यवस्थापन गर्ने हो भने पुष्प व्यवसायीहरुलाई सहज हुने थियो ।’

नेपालमै ८० प्रतिशत फूल उत्पादन्

अहिले नेपालमै ८० प्रतिशत फुल उत्पादन हुन थालेको छ । पुष्प निति आइसकेपछि बाहिरबाट २० प्रतिशत मात्र फुलको आयात हुने गरेको छ । ‘नेपाल सरकासँग समन्वय गरि सिजनल मेरीगोल्डका लागि अनुदानमा टनेल पाउने बारे छलफल गर्छाैँ,’ ताण्डवसँगको कुराकानीमा उनले भने, ‘त्यसमा पनि हामीले बिस्तारै हात बढाउँदै लगेका छौँ ।’

पछौटे तिहारले हैरान

यस वर्ष अघिल्लो वर्षको तुलनामा तिहार केही समय पछि प¥यो । तिहार पछि परेको ख्यालै नगरी फुलको नर्सरी बनाएका किसानले अहिले एउटा मार खेप्नु प¥यो । ‘यसपाली फुल अगाडी फुल्यो,’ द्वले भने, ‘तिहार नआउँदै बगैँचामा फुल फुल्यो । केही त ओइलायो । केहीलाई तिहार नआउँदै फूल फूलेपछि कहाँ लैजाने भन्ने चिन्ताले पनि सतायो ।’

भाडाको जग्गामा फूल खेती

पबित्र थापा बिगत १८ बर्षदेखि जग्गा भाडामा लिएर विभिन्न सिजनल तरकारी साथै तिहारको समयमा गोदावारी फूलको उत्पादन गरी बिक्री वितरण गदै आएकी छन् । उनी फूल खेतीबाट पूर्ण सन्तुष्टि छिन् ।

सराङकोट सिम्ताल वडा नं १८ मा बसेकी उनले थोरै जग्गामा फुल तथा सिजनल तरकारी उत्पादन गरेर उनले खर्च कटाएर बर्षमा ८० देखि ९० हजार सम्म बचत गर्छिन् । पछिल्लो बर्षहरुमा पनि फुलको व्यवसायमा राम्रो नाफा कमाउन सफल भएकी पबित्राले विरुवा घरमा नै उत्पादन गर्न गर्छिन । यस्ता फुलहरु तिहारमा चाहिने हुनाले क्यालेण्डर हेरिहेरी बारीमा डयाङ बनाएर फूलको बेर्ना जमाउने गर्छिन ।

पबित्र जस्तै अन्य व्यवसायीहरु पनि तिहारको समयमा फूल व्यवसायमा अग्रसर भएको देखिन्छन् । फूलैफूलको पर्व भनेर मानिने तिहारमा चारैतिर फूलले ढकमक्क मनलाई नै लोभ्याएको हुन्छ । बाटोबाट नै फूलले लोभ्याएको भन्दै किन्न आउनेको सख्या पनि राम्रो रहेको छ । बजारमा पनि फूलको राम्रै माग रहेका पबित्र सुनाउँछिन् । फूलको थुग्गा राम्रो र ठूलो भए ५ देखि १० रुपैया पर्छ भने सानो छ भने ५ रुपैयाको दुई वटा सम्म विक्रि हुँदै आएको छ ।

भाइटिका

तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ ।

यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्नि्हित पाइन्छ ।

दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।

भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुखसमृद्धि, र दीर्घायुको कामना गर्ने गरिन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.