www.tandavnews.com
Fact ~ In search of truth

बिगको मज्जाको खेलमा श्रोताले जिते ५५ हजार बढि

पोखरा ।

पोखराको बिग एफएमले दोस्रो ठूलो चाड तिहारको अवसरमा बर्षेनी आयोजना गर्दै आएको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ यस वर्ष पनि सफलतापूर्वक सम्पन्न गरेको छ ।

कात्तिक २० गते कुकुर तिहारदेखि सुरु भएको रेडियो गेम शो आज २२ गते गोर्बद्धन पुजासम्म चल्यो । तीन दिनसम्म सहभागिता जनाएका दर्जन बढीले ५६ हजार बढी जिते ।

गेम शोमा अन्तिम दिन मुग्लिनका थमन थापा एक्लैले अधिकतम २० हजार जिते । झलक खत्रीले २ हजार, नन्द बहादुर गुरुङले १ हजार र रोशनी गुरुङले ५ सय जिते ।

दोस्रो दिन सिता गुरुङले १२ हजार, रमिला भुषालले १० हजार, शान्ति गौतमले ५ हजार र गोरखा मनकामनाका बिबेश थापा मगरले ५ सय जितेका थिए ।

पहिलो दिन सुनिता भुषालले ३ हजार र हिमलाल सुवेदीले २ हजार जितेका थिए । राजेश खड्का ५० रुपैंया र प्रतिमा सारु मगरले ५ रुपैंयामा चित्त बुझाउनु पर्यो । हरेक दिन साँझ ७ बजेदेखी ९ बजेसम्म गेम शो सञ्चालन भएको कार्यक्रम सञ्चालक कमल थापाले बताए ।

एकजनाले अधिकतम २० हजार रुपैँया सम्म जित्न सक्नेथिए । तिहारलाई स्रोताहरुसंगै मनाउने र मनोरञ्जनसँगै पैसा समेत जिताउने उद्देश्यले एफएमले कार्यक्रम गर्दै आएको छ ।

यसअघि, बिग एफएमले दशैँको अवसर पारेर ‘महा–आजिजा’ खेलाएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.