भैरहवा ।
आफ्नै श्रीमतीको हत्या गरि फरार भएका दुर्गा बहादुर घर्ती भैरहवाबाट पक्राउ परेका छन।
श्रीमती हत्याको अभियोगमा बुटवल योगीकुटीका घर्तीलाई हिजो पक्राउ परेका हुन् ।पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २७ रिठेपानीमा कार्तिक २२ गते श्रीमती शर्मिलाको हत्या गरि फारार घर्तीलाई प्रहरीले शनिबार हिजो अपरान्ह सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बसपार्कबाट पक्राउ गरेको हो।
घर्ती पोखरा रिठेपानी स्थित डेरामा बस्दै आएका थिए । घर्तीले श्रीमती शर्मिलाको बस्दै आएको कोठामै हत्या गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले घर्ती रुपन्देहीमा गएको हुन सक्ने आशंकामा खोजतलासका लागि आग्रह गरेपछि रुपन्देही प्रहरीले उनको खोजी गरेको थियो ।
पक्राउ परेका घर्तीलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की ल्याइएको छ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।