www.tandavnews.com
Fact ~ In search of truth

ग्यास ट्यांकर दुर्घटनामा दुईको मृत्यु , चुहिएको ग्यास टालिँदै

धादिङ । 

पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारमा ग्यास बुलेटले ठक्कर दिँदा आज दुई बटुवाको मृत्यु भएको छ ।

भारतबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यास बोकेको ट्यांकरले सडक किनारमा हिँडिरहेका बेनीघाट रोराङ –५ निवासी ३५ वर्षीया गीता नेपाली र उनकी छोरी २१ वर्षीया सुनीतालाई ठक्कर दिँदा घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

Batas

बटुवालाई ठक्कर दिएपछि ग्यास बुलेट २० मिटर तल पुगेको छ । पल्टेको बुलेटबाट ग्यास चुहिएर सो क्षेत्रमा त्रास पैदा भएको सोही स्थानका शिक्षक राममणि थपलियाले बताए ।

प्रहरीले प्राविधिक टोलीको सहयोगमा चुहिएको ग्यास टाल्ने काम गरिरहेको प्रनाउ महतोले बताए । बुलेट ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.