ताण्डव न्यूज ।तनहुँ
तनहुँमा बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् । पृथ्वी राजमार्गस्थित तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आइतबार बस दुर्घटना हुँदा ३७ जना घाइते भएका हुन ।
घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार स्याङ्जाका १३ वर्षीय बालक सनम थापालगायत पाँचको अवस्था गम्भीर रहेको छ। घाइते बालकलगायत पाँच जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको उनले बताए।

अन्य घाइतेहरूको दमौलीको दमौली अस्पताल, रत्नहरी अस्पताल र व्यास सिटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। भीमादबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ५८४७ नम्बरको बस दुर्घटना भएको हो। सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। बस चालकको लापरवाहीले गर्दा दुर्घटना भएको अर्यालले जानकारी दिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.