www.tandavnews.com
Fact ~ In search of truth

गुर्जामा सामुदायिक स्नानगृह

म्याग्दी ।
म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिका–१ गुर्जाका महिलाको अगुवाइमा तातोपानीले नुहाउन सकिने सामुदायिक स्नानगृह सञ्चालनमा ल्याइएको छ ।

चिसो हावापानी भएको उक्त स्थानमा भ्रमणमा आउने स्वदेशी र विदेशी पाहुनाको सुविधाका लागि स्थानीय हिमाली आमा समूहले रु १३ लाखको लागतमा सो स्नान गृह बनाएका हुन् ।

साविक गुर्जा गाविस र अहिलेको धौलागिरि गाउँपालिकाको पाँच÷पाँच लाख रुपैँया अनुदान, एक लाख २० हजार रुपैँया बेलायतका नागरिकको सहयोग र बाँकी श्रमदानमा उक्त स्नान गृह निर्माण गरिएको आमा समूहले जनाएको छ ।

Batas

स्नानका लागि नेपालीलाई २० रुपैँया र विदेशीलाई १ सय रुपैँया शुल्क निर्धारण गरिएको छ । अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको उक्त स्थानको भ्रमण तथा गुर्जा, गुस्तुङ पिक हिमाल आरोहणका लागि सो क्षेत्रमा पुग्ने पर्यटकका लागि स्नान गृह प्रभावकारी हुने वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.