www.tandavnews.com
Fact ~ In search of truth

१४ फोटोमा हेर्नुहोस् ! याक अट्याक् माउन्टेन बाइक रेसका विजेताहरुलाई पुरस्कार वितरण

पोखरा
ताण्डव न्यूज ।

माउन्टेन बाइकिङ वल्र्ड वाइडको आयोजनामा सम्पन्न याक अट्याक माउन्टेन बाइक रेसका विजेतहरुलाई पुरस्कार वितरण गरिएको छ । विभिन्न विधामा विजेता भएका खेलाडीहरुलाई आइतबार पोखरामा पुरस्कार वितरण गरिएको हो ।

Batas

समुद्री सतहबाट ५ हजार ४ सय १६ मिटर उचाइसम्म उक्त प्रतियोगिता आयोजना गरिएको थियो । सहभागीहरुले बेसीशहर देखि तातोपानी सम्मको यात्रा ५ दिनमा माउन्टेन बाइक मार्फत गरेका थिए ।

रेस प्रतियोगिता अन्तर्गत खुल्ला पुरुष तर्फ क्यानडाका करी वालेस पहिलो , रोअन तामाङ दोस्रो र ओकेस बज्रचार्य तेस्रो भए । खुल्ला महिला तर्फ अष्ट्रेलियाकी करिन हिल पहिलो , लक्ष्मी मगर दोस्रो र हल्याण्डकी निएन्के ओस्त्रो तेस्रो भइन् ।

४० वर्ष माथिको उमेर समूह अन्तर्गत नेपालका हर्क लामा पहिलो, पोर्चुगलका जोस टिक्जेरिया दोस्रो र स्पेनका जोस मरिया ओर्देजन तेस्रो भए ।

यस्तै, पुरुष ५० वर्ष उमेर समूहबाट बेल्जीयमका पियर कास्ताग्ने , सर्भ भेन र भिन्सेन्ट गौभर्निअर क्रमशः पहिलो दोस्रो र तेस्रो भए ।

 

विजेताहरुलाई पश्मिाञ्चल खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति कास्कीका कोषध्यक्ष तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक गोदार, साइकलीङ संघ कास्कीका अध्यक्ष शंकर भण्डारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष राजन पौडेल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.