www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

काठमाडौँ ।

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् ।

भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उनीहरु नियुक्त भएको जानकारी दिए ।

Batas

मन्त्रिपरिषद्को बैठकले छिमेकी भारतलगायत केही मुलुकका लागि राजदूतको नाम सिफारिश गरेको बताइए पनि सरकारले औपचारिकरुपमा सार्वजनिक गरेको छैन ।

हरेक साता सञ्चार भेटघाट गरिने

यसैबीच सरकारका विभिन्न निर्णय, कामका समीक्षाका बारेमा हरेक साता सञ्चारकर्मीसँग नियमित अन्तक्र्रिया गर्ने तयारी भएको छ ।

प्रेस सल्लाहकार डा अर्यालले मन्त्रिपरिषद् बैठकका निर्णयलगायत अन्य कामका विषयमा सरकारका प्रवक्ता र पत्रकारबीच अन्तक्र्रिया हुनेगरी तयारी भएको जानकारी दिए । उक्त अन्तक्र्रिया सम्भवतः हरेक बिहीबार हुनेछ ।

उनले भने , “सरकारले निर्णय लुकाउन खोजेको भन्ने होइन, कसरी व्यवस्थित र प्रभावकारीरुपमा प्रवाह गर्न सकिन्छ भन्ने सोचेको हो ।” (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.