www.tandavnews.com
Fact ~ In search of truth

बन्दीपुरमा ‘बन्दीकापुर ताल’

कृष्ण न्यौपाने
दमौली,रासस ।

तनहँुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।

आपतकालीन पानीको भण्डारण, नौलो मौलिक ताल पार्क एवं बस्ती विस्तार गर्ने उद्देश्यसहित पार्क बनाउन लागिएको हो । बन्दीपुर गाउँपालिका–२ र ४, गैराबारीमा बन्ने ताल १५ रोपनी क्षेत्रफलमा फैलिनेछ । तालको नाम ‘बन्दीकापुर ताल’ राखिनेछ । ताल निर्माण गर्न बन्दीपुर गाउँपालिका–४ का अध्यक्ष हरेराम थापाको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिका अध्यक्ष थापाले ताल निर्माणका सम्बन्धमा बन्दीपुर घर भई हाल जिल्ला बाहिर रहेकासँग छलफल गर्ने तयारी गरिएको जानकारी दिए ।

Batas

उहाँका अनुसार लमजुङको बेँसीशहरमा कात्तिक ३० र चितवनमा मङ्सिर १ गते बन्दीपुरेसँग छलफल कार्यक्रम राखिएको छ । समितिले ताल निर्माणका लागि बन्दीपुरेसँग शेयर आह्वान गर्ने तयारीसमेत गरेको थापाले बताए ।

करीब रु दुई करोड ५० लाखको लागतमा बन्ने तालका लागि विभिन्न निकायबाट स्रोत जुटाइनेछ । ताल बनाउन शहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएको छ । तालको विसं २०६८ साउन ४ गते तत्कालीन उपराष्ट्रपति परमानन्द झाले शिलान्यास गर्नुभएको थियो । निर्माण शुरु भएको दुई वर्षभित्र ताल निर्माण सक्ने लक्ष्य लिइएको छ ।

सात रोपनी क्षेत्रफलको सार्वजनिक जग्गा र आठ रोपनी व्यक्तिको जग्गा अधिग्रहण गरी ताल निर्माण गर्न लागिएको समितिका पूर्वअध्यक्ष सुदर्शन प्रधानले जानकारी दिए । उनका अनुसार जग्गा अधिग्रहण गर्ने कामसमेत शुरु भइसकेको छ । समितिले रु ११ लाखको लागतमा ५ आना जग्गा खरिद गरिसकेको छ । उक्त रकम पनि समितिका सदस्यहरुबाटै उठाइएको उनले बताए । उक्त ताल वरिपरि होटलसमेत खोल्ने योजना बनाइएको छ । साथै तालमा पौडी प्रशिक्षण, डुङ्गा व्यवसायलगायत सञ्चालन गरिनेछ । तालमा पानीको व्यवस्था गर्न रानीवन र गुरुङ्चे डाँडामा ठूला–ठूला ट्याङ्की बनाइनेछ ।

महोत्सव तयारी अन्तिम चरणमा

यही कत्तिक ३० देखि दमौलीमा शुरु हुन गइरहेको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको तयारी अघि बढाइएको छ । महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिए ।

रमाइलो मेलाको सामग्री जडान, स्टलको छाना राख्ने काम तीव्रसाथ भइरहेको छ । ‘प्रचारप्रसारका व्यानर, पम्प्लेट टाँस्ने काम अन्तिम चरणमा पुगेको छ । उनले भने , “प्रवेशद्वार पूर्व मुग्लिन पुल र पश्चिम दुलेगौँडामा व्यानर टाँगिसकिएको छ । जिल्लाका भिन्न भागमा पनि व्यानर र गेट निर्माण भइसकेको छ ।” परिषद आयोजना तथा विभिन्न जातीय सङ्गठनको सहआयोजनामा हुने महोत्सवमा विभिन्न प्रतियोगिता हुने बताइएको छ ।

महोत्सवलाई पृथकता दिन महोत्सव अवधिमा दोहोरी गीत प्रतियोगिता, व्याडमिन्टन र कराँते प्रतियोगिता हुने भएको परिषद्का सचिव एवं महोत्सवका प्रवक्ता नन्दु थापामगरले बताए । महोत्सवबाट हुने मुनाफाले आदिवासी जनजातिको सङ्ग्राहलय बनाउने मुख्य उद्देश्यअनुरुप महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमार्फत् जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने आयोजकको लक्ष्य छ । महोत्सवमा सांस्कृतिक प्रर्दशनी, सांस्कृतिक नमूनाग्राम भ्रमण, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलबिहार गर्ने व्यवस्था गरिएको मिलाइएको छ ।

महोत्सवमा विभिन्न आदिवासी जनजातिका खाना, आदिवासी जानकारीका स्टल, आदिवासी जनजाति सम्बन्धी पुस्तक प्रदर्शनी, कृषि उत्पादन बिक्री तथा प्रर्दशनका कक्ष, विभिन्न व्यापारिक सामग्रीका प्रदर्शनी तथा बिक्री, कम्पयुटर, सञ्चार, शैक्षिक प्रदर्शनी र बिक्रीकक्षलगायतका गरी २३० कक्ष रहनेछन् ।

–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.