www.tandavnews.com
Fact ~ In search of truth

पालुंटारमा प्रदेश माताहतको दुई मोटेरेबल पुल !

ताण्डव न्यूज, गोरखा ।
पालुङटार नगरपालिकाको गाइखुर जैसीथोक ठाँटीपोखरी सडक खण्डमा पर्ने लकाम खोला र वडहरे खोला माथि मोटरेवल पुल निर्माण हुने भएको छ ।
प्रदेश सरकारले विनियोजन गरेको पूर्वाधार निर्माण बजेट अन्तरगत निर्माण हुन लागेको पुलको आइतवार एक कार्यक्रमका बिच गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतले शिलन्यास गरेका छन् ।

पालुङटार नगरपालिका वडा नम्वर ४ र ६ जोड्ने बडहरे खोला माथि एक करोड १८ लाखको लागतमा पुल निर्माण हुन लागेको अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार एकाइ (जिमाली )का प्रमुख रामकुमार श्रेष्ठले बताए । त्यस्तै नगरपालिकाको वडा नम्वर ६ मा पर्ने लकाम खोला माथि कुल एक करोड दश लाखको लागतमा पुल निर्माण हुन लागेको उनले जानकारी दिए ।

आगामी २०७६ साउन २६ गते सम्पन्न गर्ने गरी निलगिरी निर्माण सेवाले पुल निर्माणको जिम्मा पाएको छ । पुल निर्माण सँगै आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.