www.tandavnews.com
Fact ~ In search of truth

एक्सपर्ट एजुकेसनद्धारा महासंघलाई कुर्सि सहयोग

पोखरा ।

नेपाल पत्रकार महासंघ कास्की शाखालाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले कुर्सि सहयोग गरेको छ ।

हिजो (सोमबार) महासंघमा आयोजित एक समारोहका बिच एक्सपर्टका पोखराका निर्देशक रमेश कुमार थापाले महासंघ कास्की शाखाका
अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई ६० थान कुर्सि सहयोग हस्तान्तरण गरेका छन।

Batas

एक्सपर्टले करिब एक लाख २० हजार मुल्य बराबरको कुर्सि हस्तान्तरण गरेको हो। प्रति कुर्सि करिब दुई हजार मुल्य पर्छ । कुर्सि हस्तान्तरण कार्यक्रममा बोल्दै निर्देशक थापाले आफुहरुले सामाजिक उत्तरदाहित्व अन्तर्गत पत्रकार  महासंघलाई सानो सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरे ।

उक्त सहयोगले पत्रकारको भौतिक संरचनमा थप टेवा पुगेको महासंघ कास्की शाखाका अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे । महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, सचिव रामप्रसद तिमिल्सिनाले विभिन्न सहयोगी हातबाटै महासंघ अघि बढेको बताए ।

महासंघ कास्की शाखाको आउदो मंसिर ७ गते साधारण सभा हुने भएको छ ।कास्की शाखामा दुई तले पक्की भवन, २ सय र ५० सिट क्षमताका दुई वटा सभाहल रहेका छन।

महासंघ कास्की शाखामा ३ सय २९ जना सदस्य रहेका छन।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.