www.tandavnews.com
Fact ~ In search of truth

एल्जिना हत्याकाण्ड : बलात्कारपछि हत्या गरेकाे आशङ्कामा पाँच पक्राउ

गाईघाट ।

उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र अन्य एक नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको छ । शनिबार गोठालो गएकी खड्का आइतबार मृत भेटिएकी थिइन् ।

Lama collectio News Middle

एल्जिनाका ठूलाबुबा दुर्गाराजका अनुसार उनको शव कुर्तासुरुवाल च्यातिएको, पेन्टी च्यातिएको, मुखमा कपडा कोचेको तथा घाँटी र शरीरमा चोट लागेको अवस्थामा फेला परेको थियो ।

धरानबाट तालीमप्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धनका लागि घटनास्थलमा पठाएको प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए। घट्नाबारे अनुसन्धान भइरहेको उनले बताए।

एल्जिनाको शव परीक्षणका लागि सोमबार धरानस्थित बिपी मेमोरियल अस्पताल लगिएको छ । एल्जिनाको परिवारले उनको सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ ।(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop