www.tandavnews.com
Fact ~ In search of truth

पोखरा १२ : मिचिएको सार्वजनिक जग्गामा डोजर चलायो वडाले

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगर वडा नं १२ले मिचिएको सार्वजनिक जग्गामा डोजर चलाएको छ । उक्त जग्गामा कम्पाउण्ड सहित टहरा निर्माण गरेर एक परिवार बस्दै आएका थिए ।

Batas

करिब एक महिना अघि नै उक्त जग्गा खाली गराउन वडाले आदेश दिए पनि उक्त परिवारले अटेर गरेपछि डोजर लगाइएको वडाध्यक्ष रामबहादुर कार्कीले बताए ।

‘दशैं अघि नै पत्राचार गरेका थियौं । १५ दिनमा आफैं भत्काउछु भन्नुभएको थियो । दशैं, तिहार सकियो भत्काउने सुरसार नै देखिएन । त्यसैले सबै जनप्रतिनिधिको रोहवरमा वडाले भत्काएको हो ’ उनले सुनाए ।

आज घर वरपरको कम्पाउण्ड मात्रै भत्काइएको छ । जग्गामा रहेको टहरा, १५ दिन भित्रमा बसोबास गर्दै आएकाले आफैं भत्काउने सहमति भएको वडाध्यक्ष कार्कीले जनाए ।

‘आज कम्पाउण्ड मात्र भत्कायौं । बाँकी रहेको टहरा आफैं भत्काउछु भन्नुभएको छ ’ उनले भने ‘ हाम्रो वडा कार्यालयको भवन साँघुरो छ । पुर्ण रुपमा खालि भएपछि सम्भवतः वडा कार्यालयकै लागि उपयोग गर्नेछौं ।’

वडाका अन्य स्थानमा रहेका सार्वजनिक जग्गाहरु पनि तिव्र रुपमा खोजिने उनको भनाई थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.