www.tandavnews.com
Fact ~ In search of truth

पर्यटकले खचाखच मनास्लु पदमार्ग !

पोखरा
ताण्डव न्यूज ।

मनास्लु पदमार्ग क्षेत्रका विभिन्न ठाउँहरु अहिले विदेशी पर्यटकले भरिभराउ भएका छन् । घुमघामको उपयुक्त सिजन अहिले मनास्लु पदमार्गका विभिन्न क्षेत्रमा हाल सम्मकै धेरै पर्यटकहरु आएका हुन् ।

मनास्लु पदमार्ग भित्रको चुमभ्याली, लार्केपास, रुपिनाला पास पुग्ने पर्यटकहरुको संख्यामा बृद्धि भएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिए ।

Batas

‘मनास्लु घुम्न आउने पर्यटकहरुको संख्या वर्षेनी बढेको छ,’ लामाले भने, ‘यस वर्षको अभैm केही समय बाँकी छँदै पर्यटकहरुको संख्या उकालो लागेको छ ।’ यसवर्ष गत अक्टुबरको अन्तिम सम्म मनास्लु घुम्ने पर्यटकहरुको संख्या पाँच हजार तीनसय ७७ जना पुगिसकेको छ ।

लामाले भने ‘सबै भन्दा धेरै लार्केपास गर्ने पर्यटकहरुको संख्या बढेको छ । यस वर्ष लार्केपास मात्रै चार हजार एकसय ५६ जना पर्यटकले गरिसकेका छन् । चुम भ्याली मात्रै जाने १९० जना विदेशी छन् । लार्केपास र चुम दुबैठाउँ पुग्ने पर्यटकहरु एकहजार २५ जना छन् ।’

रुपिनाला पास गरेर चुम र जगत सम्म पुग्ने पर्यटकहरुको संख्या भने छ जना रहेको छ ।

एम्क्यापले विभिन्न तीन वटा पक्षलाई सुधार गरेपछि मनास्लु आउने पर्यटकहरुको संख्यामा बृद्धि भएको जनाएको छ ।

‘पहिलो त यहाँ प्रचारप्रसारका कामहरु गरियो, पदमार्गको पुर्वाधार सुधार गरियो,’ लामाले भने, ‘हामीले स्थानीयहरुको सहयोगमा नयाँ पदमार्गको खोजी ग¥यौँ । त्यस्तै यहाँको संस्कृतिले पनि पर्यटकहरुलाई लोभ्याउन थालेको छ ।’ मनास्लु क्षेत्रमा सुविधा सम्पन्न होटल, रेष्टुरेण्टहरु समेत खुलिसकेका छन् । केही निर्माणाधिन छन् ।

२०१६ मा मनास्लु घुम्ने पर्यटकको संख्या चार हजार आठसय ७२ थियो । उक्त संख्या बढेर २०१७ मा करिब सात हजार पुगेको एम्क्यापको तथ्याङ्कमा उल्लेख छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.