www.tandavnews.com
Fact ~ In search of truth

ग्लोबल आइएमइ र स्ट्याण्डर्ड चार्टड बैंककाे वित्तीय विवरण सार्वजनिक

काठमाडौँ । 

वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा आज ग्लोबल आइएमइ बैंक र स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेका हुन् । चालू आवको पहिलो त्रैमासमा ग्लोबल आइएमइ बैंकले रु ५१ करोड ७६ लाख नाफा कमाएको छ ।

बैंकले यस अवधिमा ५२ दशमलव ४२ प्रतिशत नाफा बढाएको हो । गत आवको सोही अवधिमा बैंकले रु ३३ करोड ९६ लाख नाफा गरेको थियो ।बैंकले सो अवधिमा रु एक अर्ब २० करोड खुद ब्याज आम्दानी गरेको थियो ।

Batas

यस्तै बैंकले रु एक खर्ब ११ निक्षेप सङ्कलन गरेको छ । बैंकको ऋण लगानी १४ दशमलव ५५ प्रतिशतले बढेर रु ९९ अर्ब पुगेको छ । बैंकको चुक्ता पूँजी रु आठ अर्ब रहेको छ ।

यस्तै स्ट्याण्डर्ड चार्टड बैंकले चालू आवको पहिलो तीन महीनामा रु ५८ करोड ४५ लाख नाफा गरेको छ । गत आवको सोही अवधिको तुलनामा यस वर्ष २४.०५ प्रतिशतले नाफा कमाएको हो ।

गत आवको सोही अवधिमा बैंकले रु ४७ करोड १२ लाख नाफा कमाएको थियो । बैंकले सो अवधिमा रु ६५ अर्ब ४७ करोड निक्षेप सङ्कलन गरी रु ४८ अर्ब ३६ करोड ऋण लगानी गरेको छ ।(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.