www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रीबाट बर्खास्त साेडारीकाे नेकपाकाे साधारणा सदस्यता पनि खाेसियाे

पाेखरा 

ताण्डव न्यूज । 

प्रदेश ७ का सामाजिक विकास मन्त्री पदबाट बर्खास्त गरिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य दीर्घ सोडारी पार्टीबाट निस्कासित भएका छन्। नेकपाको सुदूरपश्चिम कमिटीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट उनलाई निस्कासन गरेको हो। नेकपाको प्रदेश कमिटी पदाधिकारीको मंगलबार साँझ बसेको बैठकले सोडारीले मन्त्री पदमा रहँदा पदको दुरूपयो गरेको, शंकास्द आचार्ण र आर्थिक चलखेल गरेको अभियग लगाउँदै पार्टीबाट निस्कासन गरे नेकपा उच्च स्रोतले बतायो।

Batas

त्यस्तै प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले थाहाखबरसँग कुरा गर्दै सोडारीका व्यक्तिगत आचरणबा बारेमा पार्टीमा उजुरी परेकाले प्रदेश कमिटीको बैठकले उनलाई हटाउने निर्णय गरेको बताए। उनले हटाउनलाई कुनै राजनीतिक पूर्वाग्रह नभएको जिकिर गरे। ‘उहाँको व्यक्ति आचरणका बारेमा पार्टीमा उजुरी परेकाले प्रदेश कमिटीको पदाधिकार बैठकले पार्टीको सधारण सदस्यममेत नरहने गरी निस्कासन गरेको हो’, प्रदेश कमिटी अध्यक्ष थापाले भने, ‘यसमा कुने राजनीतिक पूर्वआग्रह छैन।

यो यहाँको नितान्त व्यक्ति मामिलाका आधारमा पार्टीले गरेको निर्णय हो।’ मंगलबारै बिहान बसेको बैठकले मन्त्री पदबाट हटाउन मुख्यमन्त्री तिलोचन भट्टलाई निर्देशन दिएको थिए। मंगलबार नै उनलाई हटाएर मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदीलाई नियुक्त गरेका छन्। मंगलबार दिउँसो मुख्यमन्त्रीले भट्टले उनलाई सपथ ग्रहण गराइ सकेका छन्। सोडारी प्रदेशसभा सदस्य भने कायम नै रहने छन्। उनी कैलाली क्षेत्र नम्बर ४ ‘क’ बाट प्रत्येक्ष निर्वाचित भएका प्रदेशसभा सदस्य हुन् भने नवनियुक्त सामाजिक विकासमन्त्री सुवेदी सोही क्षेत्र ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.