
मुस्ताङ ।
बुढेशकालको एक मात्र सहारालाई गाँउमानै दुःख जेलो गर्दै हुर्काउँदै आएकी मुस्ताङ बाह्र गाँउ मुक्ति क्षेत्र गाँउपालिका ३ छुसाङकी फुडोमा गुरुङ ठूलो समस्यामा परिन आफ्नो १६ वर्षिय छोरा तेन्जिङ निमा गुरुङको दुबै किडनी फेल भएको चिकित्सकबाट थाहा पाइन ।
उनलाई आफ्नो जिबनमा यो ठूलो बज्रपात थियो । ठूलो धन राशी खर्च गरेर छोराको उपचार गर्ने उनको उपायनै थिएन । अर्काको घरमा काम गर्दै छोरालाई भारत हिमाञ्चल स्थित एक तिवेतियन विद्यालयमा पढाउँदै थिइन ।
“५ महिना भयो कक्षा ९ मा पढदै गरेको छोरा अहिले पोखरामा आफन्तको घरमा राखेर डायलासिस गराउँदै आएकी छु” फुडोमा भन्छिन–“छोराको लागि अब आफ्नै किडनी दिएर छोराको जिबन बचाउन सोचेकी छु ।”
तर आफ्नै किडनी ट्रान्सप्लान्ट गर्न पनि ठूलो धनराशी खर्च हुने भएपछि उनी निकै हच्किएकी थिइन । तर उनको सहयोगका लागि गाँउलेनै जुरुक्क उठे । अमेरिका, बेलायत, फ्रान्स, जापान, कोरिया लगाएतका ठाँउ बाट सहयोगको ओइरोनै लागेको छ ।
पोखरा स्थित छुसाङ समाज मुस्ताङका कोषाध्यक्ष अशोक गुरुङ भन्छन–“यस्तो किडनी फेल भएको हाम्रो गाँउको लागि नयाँ घटना हो, फेरी गरिब परिबार पनि भएकोले सबैको मन छोएको छ ।” यति ठूलो सहयोग रकम उठ्ला भन्ने कसैले नसोचेको उनको भनाई थियो ।
अहिले उनको उपचारका लागि करिब ६० लाख संकलन भएको छ । अमेरिका स्थित माथिल्लो मुस्ताङी हरुको संस्था मुस्ताङ किडुग संस्थाको पहलमानै करिब ३३ लाख संकलन भएको छ । अमेरिकामा बस्ने नेपालीहरुले उनको उपचारका लागि खुलेर सहयोग गरेका छन ।
तेन्जिङको उपचारका लागि छुसाङ चार गाँउ समाज अमेरिका, मुस्ताङ एफसी प्रेसिडेन्ट अमेरिकाका दावा दोर्जो गुरुङ, हिमालयन याकका म्यानेजर बाबुराम गुरुङ, अमेरिका स्थित आङ देजेन शेर्पा, कर्मा गुरुङ, गिभिङ इज लभ तिवेतेन यूवर संस्था अमेरिका लगाएत अन्य नेपाली सहयोगीहरुबाट करिब ३३ लाख रकम उपचारका सहयोगार्थ खोलिएको मेगा बैंकको खातामा जम्मा गरिएको छ ।
अमेरिका बाट प्राप्त रकम पोखरा स्थित छुसाङ चार गाँउ समाजका अध्यक्ष श्यामलाल गुरुङ र कोषाध्यक्ष अशोक गुरुङले किडनी पिडित तेन्जिङ र उनकी आमा फुडोमालाई हस्तान्तरण गरे ।
उनीहरुले सो अबसरमा तेन्जिङको सिघ्र उपचारका लागि काठमाडौ पठाइने तयारी समेत गरिने बताएका छन । उनीहरुले तेन्जिङका लागि देश विदेश बाट सहयोग गर्ने सबैलाई आभार समेत व्यक्त गरेका छन ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।