www.tandavnews.com
Fact ~ In search of truth

मनकामना केवलकार कप माघको दोश्रो साता

पोखरा ।

तेश्रो संस्करणको मनकामना केवलकार कप अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिता आगामी माघको दोश्रो सातादेखि पोखरा रंगशालामा शुरु हुने भएको छ । आयोजक कास्की जिल्ला फुटवल संघले प्रतियोगिताको तयारी शुरु गरेको छ ।

‘प्रतियोगिताका लागि पहिलो चरण अन्तर्गत मैदानको स्तरोन्नतीको काम भइरहेको छ’–संघ कास्कीका अध्यक्ष मिलन गुरुङ्गले भने । मैदान गोडमेलका लागि अहिले दैनिक दश जनाले काम गरिरहेका छन् ।

Batas

मैदान सम्याउने, झार उखेल्ने र दुबो रोप्ने काम अर्को हप्तासम्म सकिने अध्यक्ष गुरुङ्गले बताए । त्यस लगत्तै मैदानमा पानी हाल्ने र तारबार गरेर संरक्षण गरिने पनि उनले जनाए । यसका लागि झण्डै पाँच लाख खर्च लाग्ने फुटवल संघको अनुमान छ ।

मैदानको काम सकिए लगत्तै प्रतियोगिता सम्पन्न पार्न विभिन्न उपसमिति गठन गरिने संघका उपाध्यक्ष विश्व तण्डुकारले बताए । मैदानको पश्चिमतर्फ भत्किएको प्यारापिटमा दर्शक बस्न मिल्ने गरि उचित व्यवस्था गरिने पनि तण्डुकारले जानकारी दिए ।

प्यारापिट भएको ठाउँमा अहिले बयँर झाडि पलाएको छ । झाडि फाँडेर त्यसलाई सम्याउने, मैदानको पूर्वतर्फ स्काइफोल्डर राख्ने र भिआइपीहरुका लागि मञ्चको व्यवस्थापन गरिने उनले बताए ।

‘हामी झण्डै तीन चार हजार दर्शकले राम्रो संघ खेल अवलोकन गर्न मिल्ने गरि काम गर्छौ’ तण्डुकारले भने ।

संघ कास्की यसपटकको प्रतियोगितामा चार विदेशि टिम ल्याउने कोशिषमा छ । त्यसबाहेक नेपालका उत्कृष्ट ए डिभिजन क्लव, विभागिय टिम तथा आयोजक सहित १२ टिमलाई प्रतियोतिगामा सहभागिता गराइने संघले जनाएको छ ।

संघले यसअघि मनकामना केवलकारका दुई वटा संस्करण पुरा गरिसकेको छ । संघ र केवलकारविच तीन संस्करणको सम्झौता भएको थियो । यो प्रतियोगितासंगै पुरानो सम्झौता पुरा हुने छ ।

केवलकारले संघसंगको सहकार्यमा आगामी वर्षहरुमा पनि प्रतियोगिता आयोजना इच्छा प्रकट गरेको अध्यक्ष मिलन गुरुङ्गले बताए ।

तस्विर : विनोद लामिछाने

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.