www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण हेलीकोप्टरले इजाजत पायो, पोखरामा पनि राखेर उडान भर्ने तयारी !

पोखरा
ताण्डव न्यूज ।

अन्नपुर्ण हेलिकोप्टरले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट संचालन इजाजत पत्र पाएको छ।

कम्पनीले गत कात्तिक १४ गते मन्त्रालयबाट संचालन इजाजत पाएको हो। मन्त्रिस्तरीय निर्णयबाट यो कम्पनीले इजाजत पाएको हो।उडान इजाजतपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमा कागजपत्र पठाएको स्रोतले बतायो।

Batas

कम्पनीको संचालकमा भुवन प्रधान छन्। कम्पनीले एक्वारियल मोडलको तीन वटा ए( १२५ हेलिकोप्टर ल्याउन लागेको मन्त्रालय स्रोतले बतायो। कम्पनीले काठमाडौं वाहिर वेस राखेर तीन वटा हेलिकोप्टर संचालन गर्नेगरि इजाजत दिइएको छ।

प्राधिकरण स्राेतका अनुसार नयाँ अनुमति पाएका हेलीकाेप्टरहरूले पनि पाेखरा लगायतकाे क्षेत्रलाइ नै केन्द्रित उडान गर्ने तयारी गरेका छन् ।

दुई महीना अगाडी मुस्ताङ र आरएस हेलिकोप्टरले मन्त्रालयबाट संचालन अनुमतिपत्र लिएको थियो। प्राधिकरणका अनुसार दुईवटा कम्पनीमध्ये मुस्ताङ हेलिकोप्टरले एक साताभित्रै नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पाउँदैछ।

एनओसी पाएपछि प्राधिकरणले हेलिकोप्टरको परीक्षण उडान गर्छ। परीक्षण उडान सफल भएपछि हेलिकोप्टरले उडान अनुमतिपत्र पाउँछ।

मुस्ताङ हेलिकोप्टरका संचालक धर्मराज बर्तौलाले बंगलादेशमा हेलिकोप्टरको एसेम्बल्ड भइरहेको र एनओसी पाउनेवित्तिकै नेपाल ल्याइने बताए। कम्पनीले उडान अनुमति पाउनेवित्तिकै दुर्इवटा हेलिकोप्टर संचालनमा ल्याउनेछ।

प्राधिकरणसँग कम जनशक्ति रहेकाले अन्नपूर्ण र आरएस हेलिकोप्टरको एनओसी पाउन केही समय लाग्नेछ।

‘एउटै प्राविधिक टोलीले एओसी प्रक्रियाका लागि अध्ययन गर्ने भएकोले अन्नपूर्ण र आरएसको एओसी प्रकृया केही समयपछि मात्रै सुरु हुनेछ। हामी सँग दक्ष जनशक्ति सीमित छन्। कम जनशक्तिकै कारण हामीले अध्ययन गर्न पाएका छैनौँ ‘ प्राधिकरण भन्यो।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.