www.tandavnews.com
Fact ~ In search of truth

एम्बुलेन्स भाडामा लगाउनु भएको छ ? परियला प्रशासनको फेला !

ताण्डव न्यूज, गोरखा ।
जिल्ला एम्वुलेन्स संचालन समितिले एम्वुलेन्स संचालनमा कडाइ गरेको छ । एम्वुलेन्स सेवामा लापरवाही हुन थालेपछि सोमवार समितिको बैठक बसेर बिभिन्न निर्णय गरिएको हो । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायण भट्टराइको अध्यक्षतामा बसेको बैठकले अनुमति लिने संस्थाले नै एम्वुलेन्स संचालन गर्नुपर्ने निर्णय गरेको छ ।

‘कतिपय संस्थाले अनुमति लिने अनि अरुलाइ भाडामा लगाउने गरेको पाइएको छ,’ प्रजिअ भट्टराइले भने, ‘त्यस्ता संस्थाहरुलाइ आफैले एम्वुलेन्स संचालन गर्न भनेर १५ दिनको समय दिएका छौ, नभए कारवाही गर्छौ ।’ संचालन अनुमति लिएको स्थानमा रहेर सेवा प्रदान गर्न पनि समितिले निर्देशन दिएको छ । ‘समितिबाट सिफारिस भई खरिद भएका सम्पूर्ण एम्वुलेन्सले सेवा संचालन गर्दा जुन स्थानाका लागी अनुमति लिएका सोही स्थानमा रहेर सेवा संचालन गर्नुपर्नेमा अन्य स्थानमा रहेर सेवा संचालन गरेको पाइएको छ, उनीहरुलाइ अनुमति लिएकै स्थानबाट सेवा संचालन गर्न १५ दिनको समय दिएका छौ,’ उनले भने ।

भिमसेन स्मृति प्रतिष्ठान छोप्राक, बुंकोट स्वास्थ्यचौकी र काजिमान स्मृति प्रतिष्ठान फुजेलले अनुमति पाएको स्थान भन्दा अन्यत्र रहेर एम्वलेन्स संचालन गर्दे आएको उनले बताए । समितिको बैठकले जिल्ला भित्र संचालनमा आएका सम्पूर्ण एम्वुलेन्स संचालकहरुको समिति गठन गरी परिचालनका बारेमा आधिकारीक सम्पर्क स्थान र व्यक्ति तोक्नुपर्ने निर्णय गरेको छ । उक्त कामका लागी १५ दिनको समय दिइएको छ ।
बैठकले एम्वुलेन्स खरिद एवं राजश्व छुटका लागी सिफारिस गर्दा अन्य गैरसरकारी संस्थाको हकमा कम्तिमा दुई बर्ष देखि सो क्षेत्रमा क्रियाशिल रहेको संस्था हुनुपर्ने मापदण्ड बनाउने निर्णय गरेको छ ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.