www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण क्षेत्रमा अनुमति विना हेलीकाेप्टर उडाउने िवरूद्ध अख्तियारमा उजुरी !

पोखरा
ताण्डव न्यूज ।
विश्वमै प्रशिद्ध अन्नपूर्ण पदमार्गका विभिन्न क्षेत्रमा विना अनुमति हेलीकोप्टर उडान गरेपछि राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले विरोध जनाएको छ । समितिले निषेधित क्षेत्रमा विना अनुमति हेलीकोप्टर उडान गर्नेलाई कारबाहीको मागगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा बुधबार उजुरी दिएको हो । समितिका अध्यक्ष रामबहादुर पौडेलद्धारा हस्ताक्षर गरेको उजुरी पत्रमा अन्नपूर्ण संरक्षण क्षेत्र अन्तरगतका अन्नपूर्ण आधार शिविर, मनाङ, जोमसोम र लोमाङथाङ क्षेत्रमा संरक्षण क्षेत्र नियमावली विपरित उडान भरेकोले कारबाहीको माग गरिएको छ । अन्नपूर्ण क्षेत्रमा सिम्रीक, प्रभु कम्पनीका हेलीले धेरै उडान भरिरहेका छन् ।
यस्तो छ उजुरी पत्र –

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.