www.tandavnews.com
Fact ~ In search of truth

कास्की मालपोतका अधिकृत, नासु र खरिदार विरुद्ध विशेष अदालतमा आरोपत्र दायर

काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल, नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार सञ्जय शर्माविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

जग्गा धितोबन्धक पास गर्ने सिलसिलामा सेवाग्राहीसँग रु. ५०–५० हजार घुस लिएको अवस्थामा पक्राउ परेका अभियुक्तत्रयलाई बिगो रु ५० हजार कायम गरी जरिवाना र कैद सजाय हुन मागदावी लिइ आयोगले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

Batas

यसैगरी आयोगले महानगरीय प्रहरी वृत्त, बौद्ध, काठमाडौंका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईविरुद्ध पनि रु. एक लाख चालीस हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजाय माग गर्दै सोही अदालतमा मुद्दा दायर गरेको छ ।

अभियुक्त राईलाई सेवाग्राहीसँग सोनी कम्पनीको टेलिभिजन सेट खरिद गर्न घुसबापत रु एक लाख चालीस हजार लिएको अवस्थामा आयोगको टोलीले केही दिनअघि रङ्गेहात पक्राउ गरेको थियो । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.