www.tandavnews.com
Fact ~ In search of truth

प्रचण्डले भने ‘पहिले एमालेले नमान्दा जनयुद्धमा जानु पर्यो, अहिले सब कुरो मिली सक्यो,

ताण्डव न्यूज, म्याग्दी ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्यूनिष्ट आन्दोलनमा सहकार्य गर्न तत्कालीन एकिकृत नेपाल कम्युनिष्ट पार्टी९एमाले०ले नमान्दा आफूहरु जनयुद्धमा जानुपरेको बताएका छन् ।

बुधबार नेकपा म्याग्दीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकता प्रशिक्षण भेलामा पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले तत्कालीन समयमा जनयूद्धको विकल्पको रुपमा नेकपा एमालेसंग सहकार्य गर्न खोजिएको खुलासा गरे ।

Batas

‘एमालेसँग सहकार्य गरेर संसदीय ब्यवस्थामै संघर्ष गर्ने हाम्रो प्रयास असफल भएपछि जनयूद्धमा प्रवेश गरेको हौं,’ प्रचण्डले भने ।

तत्कालीन एमाले महासचिव मदन भण्डारीसंग पनि पटक–पटक पार्टी एकताको प्रयास भएको उनको भनाइ थियो । ‘नेपाली कम्युनिष्ट इतिहासलाई विश्वमा नयाँ उचाई दिन एमालेका महासचिव भण्डारीसँग एकताको प्रयास भए पनि एकता अगाडि नै भण्डारीको दुर्घटनामा ज्यान जाँदा पार्टी एकताको प्रयास असफल भयो ।’

प्रचण्डले जनयुद्ध सुरु भएका पाँचबर्षमै नेकपा एमालेसँग पटकपटक गोप्य वार्ता भएको स्मरण गर्दै जनयुद्धमा पनि धेरै सहकार्य हुने गरेको जानकारी गराएका थिए ।

यसैबीच आजै उद्योग वाणिज्य संघ म्याग्दीले आयोजना गरेको अन्तररक्रियामा अध्यक्ष प्रचण्डले संघीयताको मर्म अनुरुप राज्य सञ्चालन गर्न माथिल्ला तहका कर्मचारीले अवरोध गरिरहेको भन्दै त्यस्ता कर्मचारीलाई सरकारले नियन्त्रण गर्न अपरिहार्य रहेको औल्याएका छन् ।

‘संघीयताको मर्म सिँहदरवारलाई गाँउ गाँउ पुर्याउने भन्ने हो,’ प्रचण्डले भने,‘ तर केही राजाकालीन उच्च पदस्थ कर्मचारीले यसलाई स्वीकार गर्न आनकानी गरिरहेका छन्, उनीहरुलाई हटाएर र नयाँ कर्मचारी ल्याएर भएपनि संघीयता कार्यान्वयन गर्नुपर्छ ।’

कार्यक्रममा प्रचण्डले सरकार र निजीक्षेत्रबीच सुमधुर सम्बन्ध विकास हुनपर्ने बताएका थिए । ‘राज्यले व्यवसायीलाई विरोधीमात्रै देख्ने र व्यापारीले कसरी हुन्छ कर छलौं भन्ने भावना राख्ने प्रवृति त्याग्नै पर्छ,’ उनले भने, ‘राज्य निजीक्षेत्र पूरक बन्न सके मात्रै हामीले भनेका समृद्दिका सपना पूरा हुनसक्छ ।’

विकास निर्माणलाई गतिदिन नेपालका धेरै कानुन परिमार्जन जरुरी देखिएको प्रचण्डको भनाई थियो । वर्तमान सार्वजनिक खरिद ऐनका प्रावधानले पूर्वाधार निर्माणलाई सिथिल बनाएको उनको भनाई थियो ।

कामका लागि विदेसिने प्रवृतिले राष्ट्रब्यापीरुपमा साँस्कृतिक र पारिवारिक विचलन ल्याएको भन्दै राष्ट्रिय रोजगारी बृद्दिका लागि सरकार निजीक्षेत्र सहकार्यमा ढिलाई गर्नु नहुने प्रचण्डको भनाई थियो । एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.