www.tandavnews.com
Fact ~ In search of truth

१३ वर्षीया बालिका हत्याको आरोपमा १४ र १७ वर्षीय बालक पक्राउ

गाईघाट, उदयपुर ।

बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया एन्जीना खड्काको गत शनिबार हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको स्थानीयवासी १४ वर्षीय बहादुर राई (नाम परिवर्तन) र १७ वर्षीय विपललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

Batas

घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएकी बालिका खड्कालाई एक्लै देखेर बलात्कार गरी उनको हत्या गरेको दुबै जना अभियुक्तले स्वीकार गरेको बयान प्रहरीलाई दिइएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए ।

बाख्रा चराउन गएकी बालिका राति अबेरसम्म घरमा नआएपछि अभिभावकसहित छिमेकीले रातभरि खोज्ने क्रममा आइतबार २ बजे नजिकैको खरबारी पाखाको एक रुखको फेदमा शरीरमा लगाएको कपडा च्यातिएको, पेन्टी च्यातिएको घाँटीमा नीलडाम र मुखमा कपडा खादेको मृतावस्थामा बालिका भेटिएको प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा चिकित्सकको टोली, तालीम प्राप्त कुकुरसहितको प्रविधि प्रयोग गरेको थियो भने शव परीक्षणका लागि सुनसरीको बिपी मेमोरियल अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा प्रहरीले छ जना पक्राउ गरे पनि हत्यामा संलग्न दुईजना मात्र भएको पुष्टि भएपछि आज अभियुक्तलाई सार्वजनिक गरेको र अन्यलाई छाडिएको पनि प्रहरी उपरीक्षक राईले बताए ।(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.