म्याग्दी
संजय रेग्मी / ताण्डव न्युज
म्याग्दीको बेनी नगरपालिका ६ राउवडामा आफ्नै गोठमा पालिएको भैँसीले हान्दा एक जनाको मृत्यू भएको छ ।
बिहीबार हिजो बिहान भैँसी दुहुनको लागि भकारोमा गएका ३९ बर्षिय पुष्कल सुवेदीलाई भैँसीले हान्दा घट्नास्थलमा मृत्यू भएको हो ।
गोठमा २ ओटा दुहुनु भैँसी रहेकोमा एउटा भैँसी दुहेर अर्को भैँसी दुहुन लाग्दा उनलाई भैँसीले हानेपछि बेहोस अवस्थामा भेटीएका थिए ।
दूध बेचेर नै जीविका चलाउँदै आएका पुस्कलको घरमा श्रीमती, २ छोरी र १ छोरा रहेका छन ।सामाजिक सेवामा पनि सक्रिय रहेका सुवेदीको निधनले राउवडा नै शोकमा परेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.