www.tandavnews.com
Fact ~ In search of truth

गोपालको सहयोगार्थ स्टेप अप साँस्कृतिक साँझ आज

पोखरा / ताण्डव न्युज

नशा र एच.आई .भि एड्स रोगलाई जितेका गोपाल श्रेष्ठको सगरमाथा आरोहणको तयारी तिव्र बनिरहेको छ ।

गोपालको आरोहणको लागी सहयोग आउने क्रम जारी छ । गोपालको आरोहणलाई सफल पार्न जुटिरहेको स्टेपअप क्याम्पियनले आज स्टेपअप साँस्कृतिक साँझको आयोजना गरेको छ ।

सगरमाथा आरोहणका लागी आवश्यक रकम जुटाउनको लागी क्याम्पियनले साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम आज दिउँसो ३ बजेदेखि रत्नचोकमा हुने क्याम्पियनले जानकारी दिएको छ ।

कार्यक्रममा कर्ण दास ,चर्चित ब्यान्ड नेपथ्यका गायक गौतम गुरुङ, आनन्द बज्राचार्य, भाष्करध्वज श्रेष्ठ, बिनोद बानियाँ, प्राप्ति तुलाचन, सागर शाहले आफ्नो प्रस्तुती राख्नेछन् । साथमा साँस्कृतिक नाच पनि प्रस्तुत गरिने स्टेप अप क्यापियनका सांस्कृतिक विभाग संयोजक कर्ण दासले जानकारी दिए ।

गोपालले सन् २०१५ मा सगरमाथा आरोहणको प्रयास गरेका थिए । आरोहणको क्रममा महाभूकम्प गएपछि गोपालको आरोहण रोकिएको थियो । उनाी आउँदो सन् २०१९ मार्चमा पुन सगरमाथा आरोहण गर्ने तयारीमा छन् ।

यसअघि सन् २०१३ मा विश्वका अग्ला शिखरहरु मध्येका हाई पास (थोर्राङला), सन् २०१४ मा आइसल्याण्ड पिक , सन् २०१६ नोभेम्बरमा भर्जिन पिक (खानकार्पो) सफल आरोहण गरिसकेका छन् ।

गोपालको यसपालीको सगरमाथा आरोहण सफल भए उनी विश्वकै एच .आई.भी संक्रमित पहिलो सफल आरोही बन्नेछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.