www.tandavnews.com
Fact ~ In search of truth

बन्ने भयो रवाङ–म्याग्दी खोला जलविद्युत आयोजना

म्याग्दी / ताण्डव न्युज ।

म्याग्दीको पश्चिम क्षेत्रमा निर्माण गर्ने भनिएको बहुप्रतिक्षित दरवाङ–म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको तयारी थालिएको छ ।

धौलागिरि कालिका हाइड्रो लिमिटेडले लामो समयपछि २५ मेगावाट क्षमताको आयोजनाको पूर्वाधार निर्माणको तयारी गरेको हो । गत भदौ ८ गते कम्पनीका अध्यक्ष बिनोद कुँवर र सानीमा बैंकबीच वित्तय व्यवस्थापनका लागि कर्जा लगानी सम्झौता भएको थियो।

वित्तिय व्यवस्थापन भएपछि पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको हो। आयोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी र मुक्तिनाथ बैंकले अधिकतम ७० प्रतिशत लगानी गर्ने भएका छन।

तिन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले वार्षिक १५ करोड युनिट विद्युत उत्पादन गर्ने जनाइएको छ । आयोजना निर्माण गर्न चार अर्ब ५० करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ ।

प्रभावीत क्षेत्रका लगानीकर्ता र प्रर्वद्धकहरुबीचको बिवादका कारण २०७१ फागुनमा विद्युत विकास विभागबाट जनेरेशन लाइसेन्स पाएको आयोजनाको काम सुरु हुन सकेको थिएन ।

कम्पनीका उपाध्यक्ष हर्कमान घर्तीमगरले केही दिनमा दुखीबेशी देखि सुरुङको आउटलेट तर्फ जाने सडकको ट्रयाक निर्माण र विस्तारको काम सुरु गर्न लागिएको बताए ।

प्रवासी म्याग्देलीहरुको लगानीमा आयोजना बन्न लागेको हो । आयोजना निर्माणको अन्तिम चरणमा पुगेपछि कुल लागतको दश प्रतिशत प्रभावित बासिन्दाका लागि सेयर लगानीका लागि आव्हान गर्नुपर्ने नीतिगत ब्यवस्था छ ।

यस आयोजनाबाट उत्पादीत विद्युत बिमको डाँडाखेत सब स्टेशनबाट केन्द्रिय प्रशारण लाईनमा जोडिने भएको छ । नेपाल विद्युत प्राधिकरणले डाँडाखेतमा सब स्टेशन र त्यहाँदेखि राहुघाटसम्म प्रशारण लाइन निर्माणको प्रक्रिया अघि बढाएको मालिका ७ बिमका वडा अध्यक्ष रेशम जुक्जालीले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.