www.tandavnews.com
Fact ~ In search of truth

अब एनटिभी प्लसमा लोकदोहरी कार्यक्रम

काठमाडौँ ।

नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी प्लसले यसै महिनादेखि प्रत्येक हप्ताको सोमबार लोकदोहोरी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नेपाली जनमानसमा लोकप्रिय बन्दै गएको लोकभाका र लोकसंस्कृतिलाई संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले एनटिभी प्लसले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले बताए ।

Batas

प्रत्येक हप्ताको सोमबार साँझ ७ः३० बजे प्रसारण हुने उक्त कार्यक्रम वरिष्ठ गायक बद्री पङ्गेनलीले सञ्चालन गर्ने छन। सो कार्यक्रममा मुलुकभर छरिएर रहेका लोकदोहोरी गायक गायिकाको सहभागिता रहनेछ ।

उक्त कार्यक्रमको छायाङ्कनस्थलका लागि एनटिभी प्लस र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)बीच शुक्रबार सम्झौता समेत भएको छ । कार्यक्रममा एनटिभी प्लसका प्रमुख मनोहरि थापाले करीब २५ वर्षअघि नेपाल टेलिभिजनले लोकदोहोरी कार्यक्रम शुरु गरेको बताए।    रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.