www.tandavnews.com
Fact ~ In search of truth

करोडले हेरे ‘उहि खोलीको पानी’

पोखरा /ताण्डव न्यूज

पछिल्लो समय गीतको लोकप्रियता युट्युबमा हेरिएको भ्युजको आधारले मापन गरिन्छ ।

युट्युब भ्युजलाई आधार लिँदा लोक गीतको इतिहासमा सर्वाधिक बढी हेरिएको गीत ‘उही खोलीको पानी’ परेको छ । यो गीतलाइ एक करोड दर्शकले हेरेका छन् । यो समाचार तयार पार्दा सम्म यो गीतलाई १ करोड ९ हजार ४ सय ३० दर्शकले हेरिसकेका छन् ।

राजन गुरुङ र देवी घर्ति मगरको स्वर रहेको गीतलाई वसन्त थापाको संगीत र केशव पौडेलको शब्द रहेको छ । गायक राजन गुरुङको आफ्नै अफिसियल युट्युवबाट २०१५ नोभेम्बर १६ मा गीतलाई सार्वजानिक गरिएको थियो ।

बब्बु थापाले निर्देशन गरेको म्युजिक भिडियोमा स्वयम गायक राजन गुरुङ, वसन्त थापा, रश्मी तामाङ र करिस्मा ढकालले कम्मर मर्काएका छन् । गीतलाई करण चैसिरले खिचेका हुन् ।

गीतले करोड दर्शक पाएपछि गायक तथा संगीतकार वसन्त थापाले सामाजिक सञ्जाल मार्फत करोड क्लवमा प्रवेश गर्ने पहिलो लोक दोहोरी गीत बनाइदिनुहुने दर्शक श्रोतालाई धन्यवाद व्यक्त गरेका छन् ।

पछिल्लो समयमा बजारमा आएका नेपाली गीत संगीत, चाहे सिनेमाको होस् चाहे नेपाली लोक दोहोरी रोजाइमा पर्न गएका छन् । त्यसमा पनि मौलिकपनका लोकसंगीतलाइ बढी रुचाइएको पाइएको छ ।

युट्युबको भ्युजलाई हेर्नी हो भने प्रकाश सपुतको ‘बोलमाया’ गीतले ९२ लाख भन्दा बढी दर्शक पाएको छ । वसन्त थापाको संगीतमा रहेको कुलेन्द्र विक र विष्णु माझीले गाएको गीत ‘सालको पातको टपरी’ लाई पनि ४९ लाख भन्दा बढी हेरिएको छ ।

यो गीत छोटो समयमा बढी हेरिएको गीत रहेको छ । त्यस्तै पशुपति शर्मा, माया गुरुङ र सिता केसीको आवाज रहेको गीत ‘रंगशाला जत्री’ ले पनि ४० लाख दर्शक पाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.