www.tandavnews.com
Fact ~ In search of truth

‘एक सहकारी एक नमूना उत्पादन’

कास्की ।

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले प्रत्येक सहकारी संस्थाले एउटा÷एउटा नमूना कृषि उत्पादन गर्नुपर्ने नीति सरकारले ल्याउन लागेको बताए ।

प्रदेश सभामा पेश भएको प्रादेशिक सहकारी विधेयकमा प्रत्येक सहकारी संस्थाले एक नमूना कृषि उत्पादन गर्नुपर्ने प्रावधान रहेको जानकारी गराउँदै उनले सहकारीलाई उत्पादनमा केन्द्रित गर्ने सरकारको योजना रहेको बताए ।

Batas

शुक्रबार (हिजो) जनसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औँ वार्षिक साधारणसभामा मन्त्री थापामगरले भने , “सहकारी बचत र ऋण कारोबारमा मात्र केन्द्रित नभई उत्पादनमा जोडिनु आवश्यक छ ।

प्रदेशका तीन हजार ५०० सय सहकारी संस्था प्रत्येकले एउटा÷एउटा उत्पादन गर्दा पनि तीन हजार ५०० सय नमूना उत्पादन हुन्छ । सरकारले उत्पादनमा जोड दिने नीति बनाउँदैछ ।

प्रदेशका सहकारी संस्थामा अहिले ६५ अर्ब रुपैँयाको हाराहारीमा पूँजी रहेको र प्रत्येक सहकारीले आफ्नो कूल पूँजीको ३० प्रतिशत कृषिमा लगानी गर्नुपर्नेमा उनले सुझाव दिए।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य राजकाजी गुरुङले देशमा अब स्थिर सरकार बनेसँगै उत्पादनमा जोड दिएर आयात प्रतिस्थापनमा लाग्ने बेला भएको विचार व्यक्त गरे । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.