www.tandavnews.com
Fact ~ In search of truth

१८ ओटै कानुन हिउँदे अधिबेशनमा बन्छन : अध्यक्ष तिमिल्सीना

पर्वत ,
संजय रेग्मी / ताण्डव न्युज ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका लागि आवश्यक १८ वटा कानुन हिउँदे अधिबेशनबाटै पारित गरि काम गर्न सहज बनाईने बताएका छन ।

कानुन अभाबमा प्रदेश सरकार र स्थानिय तहका काम प्रत्यक्ष प्रभावित भएकाले आवश्यक कानुनहरु संघीय संसदको आगामी हिउँदे अधिबेशनबाट सबै कानुन बनाउने उनको भनाई छ ।

पर्वतको मोदी गाउँपालिकामा सञ्चालित ख्वांजु क्लिनको दोस्रो बार्षिकोत्सब तथा निशुल्क स्वास्थ्य शिबीरको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सीनाले कानुनको अभाबमा काम रोकिने अवस्थाको अन्त्य गर्न संघीय संसदले सबै कानुन निर्माण र परिमार्जन गर्ने पनि जानकारी गराए ।

अहिले सम्म कानुनको अभाबमा तीन वटै तहका सरकारले चाहे जति काम गर्न नसकेको अवस्था रहेको बताउँदै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले आगामी पुसदेखि संघीय संसदको हिउँदे अधिवेशन बोलाइने जानकारी दिँदै ३ सय ३९ वटा ऐनलाई संशोधन गर्ने तथा थप १ सय २४ वटा नयाँ कानुन निर्माण गर्ने काम हिउँदे अधिबेशनमा गरिने उल्लेख गरे ।

उनले आफुँले बजेट अधिबेशनकै क्रममा प्रदेश र स्थानिय तहका लागि आवश्यक कानुन पास गर्ने पक्षमा जोड दिएपनि समय अभाब र मौलिक हकका कानुनहरु पास गर्नुपर्ने अवस्थामा पुरा हुन नसकेको तर्क गरे ।

अर्को प्रसंगमा तिमिल्सिनाले मोदी गाउँपालिकामा सञ्चालित ख्वांजु क्लिनकलाई हाइवे सामुदायिक अस्पतालको रुपमा बिकास गर्न आग्रह गरे । कोरियाको ख्वांजु महानगरको सहयोगमा सञ्चालित क्लिनिकलाई गाउँपालिकाले समेत सहयोग गरेर ५० शैयाको सामुदायिक अस्पताल बनाउन आफुँले पनि पहल गर्ने उनको आश्वासन छ ।

प्रदेश सरकारले बढी दुर्घटना हुने र सवारी चाप हुने राजमार्गमा हाइवे ट्रमा सेन्टरको रुपमा स्थापना गर्ने कार्यक्रम भएकाले मध्यपहाडी लोकमार्गमा पर्ने डिमुवामा उक्त सेन्टर उपयुक्त बिकल्प भएको सभाध्यक्ष तिमिल्सिनाको भनाई छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.