www.tandavnews.com
Fact ~ In search of truth

करोडौँ सकिँदा समेत बनेन खेल मैदान

म्याग्दी ।

जिल्ला सदरमुकाम बेनीमा रहेको एक मात्र खेलमैदान व्यवस्थित गर्न पर्याप्त बजेट नहुँदा निर्माणकार्य अलपत्र परेको छ ।

तीन वर्षदेखि निर्माणकार्य शुरु गरिएको खेलमैदान करीब तीन करोड रुपैँया सकिँदा समेत निर्माणकार्यले पूर्णता पाउन सकेको छैन ।

Batas

सदरमुकाम स्थित क्लब, सङ्घ संस्था, राजनीतिक दल सबैको कार्यक्रम गर्ने स्थल हो, खुल्लामञ्च । जिल्लामा रहेका दल, सामाजिक सङ्घसंस्था, युवा क्लबले आवश्यक पर्दा सम्झने मञ्चमा पटकपटक गरी थुप्रै बजेट खर्चिए पनि आर्थिक अभावले थलिएको छ ।

फुटबल, भलिबल, क्रिकेटसँगै बेलाबेलामा सवारीसाधन सिकाउने ठाउँको रूपमा मात्रै प्रयोग हुने खुल्लामञ्चमा आवश्यक पूर्वाधार जुटाउने धेरै प्रतिबद्धता जनाइए पनि पूरा भएको छैन ।

कालीगण्डी र म्याग्दी नदीको दोभानमा रहेको यो मैदानलाई व्यवस्थित गर्नका लागि अहिलेसम्म करोडौँ खर्च गरि सकिएको छ । दुवै नदीबाट पक्की पर्खाल, तारजाली लगाए पनि मैदानभित्रको पूर्वाधार बनाउन सरोकारवाला निकायले चासो देखाएका छैनन् ।

खेलमैदानको लागि पर्याप्त ठाउँ नहुँदा खेलक्षेत्र प्रभावित हुने गरेको भन्दै बेनी नगरपालिकाले तीन वर्षदेखि मैदानलाई व्यवस्थित गर्न कामचलाउ बजेट विनियोजन गर्दै आइरहेको छ । यो आर्थिक वर्षमा पनि वडा कार्यालयबाट १४ लाख रुपैँया र नगरपालिकाले ६० लाख रुपैँया बजेट विनियोजन गरेकोे नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए ।

खुल्लामञ्चमा पूर्वधारको कमीले खेलाडीले चाहेअनुरुपको खेल देखाउन सकेका छैनन् ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.