www.tandavnews.com
Fact ~ In search of truth

‘अब पोखरामा रगत अभावको समस्या आउनेछैन’

पोखरा ।

रगत अभावमा अस्पतालमा भएका विरामीहरुले पनि कतिपय अवस्थामा ज्यान गुमाउन सक्ने स्थिती आउन सक्छ । अस्पताल होस् या ब्लड बैंकमा पनि रगतको अभाव खड्किरहेको हुन्छ । रेडक्रसले गर्ने विभिन्न रक्तदान शिविरबाट संकलित रगतले पनि विरामीको आवश्यकता पुरा गर्न नसकिरहेको हुन्छ ।

यस्तो अवस्थामा सबैले केहि सामाजिक संजाल प्रयोगकर्तालाई गुहार माग्छन् । फेसबुक र ट्वीटरमार्फत ती प्रयोगकर्ताहरुले आफ्नो संजालभित्र रहेका त्यस्ता व्यक्तिहरु जोसँग विरामीको रगत ग्रुप मिल्छ उनीहरुलाई उपलब्ध गराईदिन्छन् । अहिले यस्तो खाले रगत मिलाउने समूह सामाजिक संजालमा निकै सक्रिय छ ।

पोखरामा यस्तै एउटा समूह एकजुट भएर लाग्ने भएको छ । ‘स्टार्ट १८ स्टार्स टिम’ नाम दिएर संगठनात्मक रुपमा यो समूहले अब पोखरा र आसपासका क्षेत्रमा काम गर्ने भएको हो ।

१८ वर्ष पुगेपछि हरेक व्यक्ति रक्तदान गर्न योग्य हुने र उसले रक्तदान गरिरहँदा अर्को व्यक्तिले जीवन पाईरहेको हुने भएकोले यस्तो खाले नाम दिईएको समूहका अध्यक्ष हिमाल भट्टराईले बताए ।

हिजो शनिबार भएको केहि युवाहरुको भेलाले ७ सदस्यीय कार्यसमिति गठन गर्दै पोखरामा रगतको अभाव नहोस् भनेर सामूहिक रुपमा काम गर्ने उद्देश्य राखेका छन् ।

कार्यसमितिको अध्यक्षमा हिमाल भट्टराई, उपाध्यक्षमा अनिल तिवारी, महासचिवमा अकृजा पोखरेल, सचिवमा असिम ढकाल, उपसचिवमा पुरञ्जन बजगाँई, कोषाध्यक्षमा मेनुका लुँईटेल र सह कोषाध्यक्षमा शिव आचार्य रहेका छन् ।

‘रगत अभाव हुन नदिने र रगत अभावमा कसैले ज्यान गुमाउन नपर्ने अवस्था सृजना गर्नु हाम्रो लक्ष्य हो । र, सामूहिक प्रयासमा हामीले हाम्रो लक्ष्यलाई कहिल्यै छाड्नेछैनौँ ।’

समूहका महासचिव अकृजा पोखरेलले भनिन्–‘त्यो सँगै हामीले रक्तदानका लागि मानिसहरुलाई सचेतना फैलाउने र अन्य खालका सामाजिक सेवामुलक क्रियाकलापमा पनि संलग्नता देखाउनेछौँ ।’

नेपाल स्वयंसेवक रक्तदाता समाजको भातृ संगठनको रुपमा रहने यो समूहले रगत संकलनसँगै आपतकालिन रक्तदाताको व्यवस्थापनको काम गर्ने जनाएको छ । शनिबारको भेलामा समाजका अध्यक्ष तीर्थराज अवस्थीको पनि उपस्थिती रहेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.