www.tandavnews.com
Fact ~ In search of truth

‘कंगारु एजुकेशन फेयर : अल नेपाल रोड शो’ मंगलबार पोखरामा

पाेखरा ।

विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई उचित परामर्श दिदैं आएको कंगारु एजुकेशन फाउण्डेशनले मंसिर ४ गते मंगलबार पोखरा चिप्लेढुगां स्थीत सेलवेज टावरको पाचौं तलामा रहेको कंगारुको आफ्नै कार्यालय परिसरमा ‘कंगारु एजुकेशन फेयर : अल नेपाल रोड शो’ गर्दैछ ।

कार्तिक २९ गते बिहिवारबाट सुरु भएको यो फेयर झापाको विर्तामोड, काठमाडौको पुतलीसडकमा सम्पन्न भईसकेको छ । चितवनको भरतपुरमा आइतबार मेला सम्पन्न भएको छ भने रुपन्देहीको बुटवलमा सोमबार हुदैछ । पोखरामा मंगलबार आयोजना गरी यो फेयर समापन हुने कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले बताए । ।

Batas

यो फेयरमा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभिन्न २१ विश्वविद्यालय र कलेजका प्रतिनिधिहरु उपस्थित हुनेछन । मेलामा आइ.डी.पी तथा नेपाल एस.वी.आई बैंकको पनि सहभागीता रहेकाले विद्यार्थी तथा अभिभावकहरुले अङ्गेजी भाषा परीक्षा आइलटिएस तथा शैक्षिक कर्जा सम्बन्धी समेत जानकारी लिन पाउने कंगारु एजुकेशन फाउण्डेशन पोखराका निर्देशक टि आर काफ्लेले बताए ।

शैक्षिक मेलामा भाग लिन काठमाडौं सम्म जाँदा हुने समय र पैसाको लगानी र विद्यार्थी अभिभावकले बेहुर्ने पर्ने अन्य ब्यवस्थापकीय हैरानीबाट मुक्ति दिन यस पटक हरेक शहरमा जस्तै पोखरामा पनि विदेशका विभिन्न विश्वविद्यालयका प्रतिनिधिलाई प्रत्यक्ष सहभागी गराइ यो फेयर गर्न लागिएको निर्देशक काफ्लेले बताए ।

मेलामा विद्यार्थीले आफू जान चाहेको देश, त्यहाँ जाँदा गर्नु पर्ने भिसा लगायतको प्रकृया, त्यसका लागि आवश्यक खर्च, अधययनका बिषय, काम गर्न पाउने अवधि, पाईने काम, हुने आम्दानी आदी चासोका कुरा सम्बन्धित देशका कलेज प्रतिनिधिहरुबाटै जान्न सक्नेछन् ।

मेलामा सहभागी हुनेलाई पुरस्कार र पछि प्रकृया गर्दा लाग्ने सेवा शुल्कमा संस्थागत रुपमा छुटको ब्यवस्था पनि गरिएको कंगारु एजुकेशन फाउण्डेशन पोखराका एसोसियट निर्देशक बबिता पराजुलीले बताइन ।

पोखरा र यस आसपासका बिधार्थी, अभिभाबकलाई लक्षीत गरि गरिएको कंगारु एजुकेशन फेयर बिहान १० बजे देखि ५ बजे सम्म हुनेछ भने प्रवेश निशुल्क रहेको बताइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.