www.tandavnews.com
Fact ~ In search of truth

बेलायती महिलाले बनाईन ७२ लाखको विद्यालय भवन

पर्वत / ताण्डव न्युज

९० वर्षीया बेलायती नागरिक काटलिन क्रोकिल स्पिनरको आर्थिक सहयोगमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको ज्ञानप्रकाश माध्यमिक विद्यालयको भवन निर्माण भएको छ ।

स्पिनरले आफ्ना दिवंगत श्रीमानको स्मृतिमा विद्यालयको लागि ७२ लाख ११ हजार २१७ रुपैयाँ सहयोग गरेकी हुन । तीन वर्षअघिको भूकम्पका कारण भवन जिर्ण बनेपछि विद्यालयको भवन पुननिर्माण थालिएको थियो ।

भवनको लागि विद्यालयको कोषबाट २५ लाख १० हजार ८७ रुपैयाँ लगानी गरिएको छ । बेलायतको पूर्व गोर्खा सैनीकहरूको पहलमा पहार ट्रस्ट नेपाल मार्फत स्पिनरले आर्थिक सहयोग गरेपछि दुई तलामा आठ ओटा कोठा भएको भवन निर्माण गरिएको हो ।

२०७२ बैशाखको भूकम्पका कारण विद्यालयको पुरानो भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको थियो । पानी चुहिने अवस्थाको कच्ची भवनमा जोखिम मोलेर पढ्नुपर्ने बाध्यता हटेकोमा विद्यार्थीहरू खुसी भएका छन । आठ कोठे भवन निर्माण भएपछि एक देखि १२ सम्म एकैपटक दिवा कक्षा सञ्चालन गर्न थालिएको छ ।

प्रधानाध्यापक शान्तबहादुर नेपालीका अनुसार यसअघि कक्षा कोठा अभावमा कक्षा ११ र १२ लाई बिहानी सत्रमा पढाउने गरिएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.