www.tandavnews.com
Fact ~ In search of truth

बलात्कारी पक्राउ

सप्तरी ।

सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका– ३ का २१ वर्षीय सदाम मियाँलाई पक्राउ गरी आइतबार उजुरी दर्ता गरेको छ ।

छठ पर्व हेर्न बुधबार बिहान खडक नगरपालिका– ५ खोजपुरस्थित चापिन खोला गएकी पीडितलाई घुम्न जाउँ भन्दै आरोपितले आफ्नो घर लगेर बलात्कार गरेको पीडितले बताइन् । पीडितकी आमाले बिहीबार दिएको उजुरीपछि सोही दिन पीडितको लहानस्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

आरोपितलाई शनिबार पक्राउ गरी आइतबार जबर्जस्ती करणीको उजुरी दर्ता गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलमणि भट्टराईले बताए ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.