www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस जिल्ला सभापतिको भेला मंसिर १२ र १३ गते

काठमाण्डौँ ।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला मंसिर १२ र १३ गते हुने भएको छ।

मंसिर अन्तिम साता हुने महासमिति बैठकअघि सामूहिक धारणा बनाउन भन्दै ७५ जिल्ला सभापतिहरू भेलामा सहभागी हुन लागेका हुन्। भेला नुवाकोटको ककनीमा हुने भएको छ ।

Batas

पार्टीले बनाइराखेको संघीय विधानलाई अझ राम्रो बनाउन सकिन्छ भन्ने छलफल र महासमिति बैठकमा कसरी प्रस्तुत हुने सामूहिक धारणा तय गर्न दुई दिने भेला गर्न लागिएको आयोजक नुवाकोट कांग्रेसका सभापति जगदीश नरसिंह केसीले जानकारी दिए ।

भेलाको सम्पूर्ण व्यवस्थापन नुवाकोट कांग्रेसले गर्ने उनले बताए। असार पहिलो साता मकवानपुरको हेटौंडामा चुनावमा पराजयको कारण खोजी गरी समीक्षा गर्न भेला भएका जिल्ला सभापतिहरू महासमिति बैठकअघि पुन भेलामा जुट्न लागेका हुन्।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.