www.tandavnews.com
Fact ~ In search of truth

न्यूनदृष्टियुक्तको क्रिकेट प्रतियोगिता

विराटनगर ।

नेत्रहीन क्रिकेट सङ्घ नेपालले शहीद रङ्गशालार्मा प्रथम रोनाल्ड म्यकुली कप’ सञ्चालन गर्ने भएको छ । प्रतियोगिता यही मङ्सिर ५ देखि ८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा म्याग्दी, झापा, बर्दिया र त्रिभुवन आर्मी क्लब सहभागी हुने सङ्घका केन्द्रीय अध्यक्ष पवन घिमिरेले जानकारी दिए । विश्व नेत्रहीन क्रिकेट परिष्दको न्यूनदृष्टियुक्त क्रिकेट खेल नियमानुसार टि–२० ढाँचामा खेल खेलाइनेछ ।

Batas

यस वर्षदेखि शुरु हुन लागेको सो प्रतियोगितामा ६० खेलाडीले भाग लिने बताइएको छ । प्रतियोगिताको उद्घाटन खेल झापा र बर्दियाबीच हुने कार्यक्रम तय भएको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.