www.tandavnews.com
Fact ~ In search of truth

क्षेत्री समाज नेपालको अध्यक्षमा राजेन्द्र भण्डारी

पोखरा । 

पोखरा महानगरपालिका वडा नम्बर १० को क्षेत्री समाज नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

वडा नम्बर १० को प्रारम्भिक समितीले विरेन्द्र बहादुर कार्कीको अध्यक्षतामा अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनले १२ सदस्य कार्य समिती चयन गरेको छ ।

Batas

आगामी कार्यकालका लागी अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । भण्डारीको अध्यक्षतामा अन्य समितीको चयन गरिएको हो ।  जस अन्तर्गत प्रथम उपाध्यक्षमा सृजना थापा,द्धितिय उपाध्यक्षमा राजेन्द्र बहादुर खत्री ,सचिवमा जानुका अधिकारी ,सह सचिवमा कृष्ण बहादुर के.सी चयन भएका छन् । कोषाध्यक्षमा नारायण बहादुर बानियाँ,सह कोषाध्यक्षमा दुर्गा के.सी चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा इन्दिरा बुढाथोकी,लक्ष्मी थापा, जगत बहादुर क्षेत्री,मन्जु लामीछाने भण्डारी र रमेश के.सी चयन भए ।
कार्यक्रममा प्राध्यापक डा.दिलबहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमका अध्यक्ष कार्कीले समाजलाई सुदृढ गर्दै लानुमा क्षेत्री समाजको प्रमुख दायित्व भएको बताए । नवनिर्वाचित अध्यक्ष भण्डारीले समाजमा रहेका विकृति र विसंगतिलाई हटाउन क्षेत्री समाजले अह्म भुमिका खेलेको बताउँदै यसलाई निरन्तरता दिने बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.