www.tandavnews.com
Fact ~ In search of truth

ब्ल्याक लिस्टमा पप्पु कन्स्ट्रक्सन

काठमाडौं ।

विकासमा बाधा पुग्ने र सर्वसाधरण जनताको जीवनस्तरमा नकरात्मक असर पर्ने भन्दै सरकारले पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको छ ।

सिक्टा सिँचाइ आयोजनाले ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरे पश्चात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्पूर्ण टेन्डर प्रक्रियामा रोक लगाएको हो ।

Batas

कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै सिक्टा आयोजनाले गरेको उजुरी अध्ययन गर्दा पप्पु कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी पर्न सक्ने देखिएको छ ।

कालोसूचीबाट नहटेसम्म पप्पुलाई कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी नगराउन पनि कार्यालयले आग्रह गरेको छ ।

नहर निर्माणको काम समयमै नसकेको भन्दै सिक्टा आयोजनाले गत कात्तिक २९ गते निर्माण कम्पनी कोस्टाल पप्पु जेभीसँगको ठेक्का सम्झौता तोड्दै कालोसूचीमा राखेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.