www.tandavnews.com
Fact ~ In search of truth

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षमा सम्पन्न श्रेष्ठ मनोनयन

 

पोखरा
ताण्डव न्यूज ।

राष्ट्रिय खेलकुद परिषदले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षमा सम्पन्न श्रेष्ठलाई मनोनयन गरेको छ । यसअघिका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई सोमबार राखेपले अध्यक्ष पदमा मनोनयन गरेको हो ।

Batas

‘प्रदेश नं ४को कावा अध्यक्षको रुपमा जिम्मेवारी सहित तपाई कामकाज गर्दै आइरहनु भएकोमा मिति २०७५ मंसिर ३ गतेको सदस्य सचिव स्तरिय निर्णय अनुसार खेलकुद विकास नियम २०४९ चौथो संशोधन को परिच्छेद ५ को नियम १२को उपनियम १ को खण्ड क बमोजिम रिक्त रहेको अध्यक्ष पदको जिम्मेवारी सहित कामकाज गर्नेगरि बाँकी अवधिभरका लागि मनोनयन गरिएको व्यहोरा जानकारी गराइन्छ’ राखेप सदस्य सचिव केशवकुमार विष्टद्धारा हस्ताक्षरीत पत्रमा उल्लेख छ ।

राखेपकाे पत्र

 

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.