www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरको योजना सञ्चालन तथा ब्यवस्थापन अब एप्सबाट !

पोखरा / ताण्डव न्यूज ।
पोखरा महानगरपालिकाले आफ्नो योजना संचालन तथा ब्यवस्थापन एप्सबाट गर्न थालेको छ । मंगलबार महानगरपालिकाले एक कार्यक्रमको आयोजना गर्दै योजना ब्यवस्थापन एप्स सार्वजनिक गरी त्यसको सुरुवात गरेको हो ।

महानगरका प्रमुख मानबहादुर जीसीले आफ्नो ब्यत्तिगत एकाउण्ट खोल्दै एप्सको शुभारम्भ गरेका हुन् । पोखराकै सफ्टवेर इन्जिनीयर सुमन लम्सालले तयार पारेको पोखरा महानगरको ‘योजना सञ्चालन तथा ब्यवस्थापन’ एप्समा पोखरा महानगरका हरेक गतिविधिहरु हेर्न सकिनेछ ।

एप्समा महानगरपालिका भित्र रहेका विकास निर्माणको योजनाको क्षेत्र, योजनाको प्रकार योजनाको बर्गिकरण, महानगरको रातो किताबमा भएका योजनाहरु, कुन योजनाको कार्यप्रगती कति भएको छ, कति रकम खर्च भयो, योजनाको जिम्मा पाएको निर्माण कम्पनीको विवरण सबै हुने एप्सका निर्माणकर्ता लम्सालले जानकारी दिए ।

Batas

उनले कुनै योजनाको कार्यप्रगती २५ प्रतिशत बाँकी हुँदा सचेत गराउन रातो बत्ति बल्ने र झकझकाउने काम गर्ने बताए । एप्समा योजना शाखा, भौतिक पूर्वाधार शाखा, शिक्षा शाखा, स्वास्थ्य शाखा, वातावरण शाखाको छुट्टाछुट्टै विवरणहरु हेर्न सकिने बताइएको छ ।

एप्सको शुभारम्भ गर्दै महानगरका प्रमुख जीसीले पोखरा महानगरपालिका स्मार्ट बन्नका लागि आबश्यक एउटा चरण एप्स पनि भएको बताए । ‘पोखरा दिनदिनै स्मार्ट बन्दै गइरहेको छ,’ उनले भने, ‘सिंह दरबारको अधिकार, कामहरु नागरिकहरुले घरघरबाट हेर्न पाउनुपर्छ भन्ने मान्यताका साथ हामीले यसलाई अघि बढाएका हौँ । यो मात्रै होइन पोखरा महानगरपालिकाको हरेक गतिविधीहरु अब सफ्ट्वेरमा हुनेछ । त्यसको तयारीमा हामी लागिसकेका छौँ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.