
विराटनगर ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा मंगलबार आज आयोजना गरेकोे पत्रकार सम्मेलनमा उनले कोइराला परिवारका तीनओटै नेताबीचको एकताले पार्टीलाई संगठित बनाउन थप मद्दत पुग्ने बताए ।कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामासमेत पार्टी संगठन विस्तारमा सहयोग पुग्ने उनले जिकिर गरे ।


सभापति देउवाले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेलिरहेको बताउँदै मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि सरकारलाई सदैव सहयोग रहने विचार व्यक्त गरे ।उनले तोकिएको समयमा पार्टीको महासमिति बैठक हुने बताउँदै त्यसपछि कांग्रेसभित्र देखिएको विवाद हटेर जाने जिकिर गरे ।
सभापति देउवाले पार्टीलाई संगठित बनाउन आन्तरिक प्रशिक्षण आवश्यक रहेको बताए ।सभापति देउवाले कांग्रेस प्रजातान्त्रिक विचार बोकेको पार्टी भएकाले पार्टीभित्रका आन्तरिक विवादलाई गुट–उपगुट भन्न नमिल्ने धारणा व्यक्त गरे । रासस
फोटो:गुगुलबाट
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।