www.tandavnews.com
Fact ~ In search of truth

भिरबाट लडेर मृत्यु

पोखरा / ताण्डव न्युज ।

स्याङजामा एक व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा पुतलीबजार नगरपालिका – ६ टक्सार पाट्नेस्वाराका हेमराज शर्मा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसैबीच उता तनहुँमा मोटरसाइकलले ठक्कर दिदाँ दुई बालबालिका घाईते भएका छन् । भानु नगरपालिका–३ खहरेमा तुरतुरेबाट डुम्रेतर्फ जाँदै गरेको बा३९प ४५६८ नं मोटरसाईकलले सोही स्थान बस्ने ५ वर्षीय अमृत गुरुङ र वर्ष ७ की स्मारिका गुरुङलाई ठक्कर दिएको हो ।

Batas

घाइते भई दुवैको मोती अस्पताल डुम्रेमा उपचार भईरहेको छ । मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.