www.tandavnews.com
Fact ~ In search of truth

बालदिवसको अवसरमा हाजिरी जवाफ

पोखरा / ताण्डव न्युज ।

विश्व बाल दिवस पोखरामा विविध कार्यक्रम गरि मनाइएको छ । बालअधिकार सहासन्धीमा हस्ताक्षर भएको २९ वर्ष पुरा भएको अवसरमा हिजो पोखरामा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।

जनप्रिय मा.वी मा वडाका विद्यालयस्तरीय हाजिर जवाफ प्रतियोगिता आयोजना गरिएको हो । मोमेन्ट मिडिया ग्रुपको आयोजनामा भएको प्रतियोगितामा ९ ओटा विद्यालयका समूहहरु बीच प्रतियोगिता भएको थियो ।
कक्षा ६ देखि १० सम्म अध्ययनरत ३६ जना विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Batas

प्रतियोगितमा जनप्रिय मा.वी , डाइनामिक एकेडेमी, सिर्जना सेकेण्डरी स्कुल, रत्नज्योति बोर्डिङ स्कुल, अमरज्योति बोर्डिङ स्कुल, न्यु मोडल एकेडेमी, राम आधारभूत विद्यालय, लिटलस्टेप बोर्डिङ स्कुल र पोखरा क्रियटिभ बोर्डिङ स्कुल र सरस्वती सेकेण्डरी बोर्डिङ स्कुलको सहभागीता रहेको थियो ।

प्रतियोगितामा जनप्रिय मा.वीका विद्यार्थी प्रथम भए । अमरज्योति बोर्डिङ स्कुलले द्धितिय स्थान हासिल गर्यो । त्यसैगरि न्यु मोडल एकेडेमी तृतिया भयो भने सिर्जना सेकेण्डरी स्कुलले सान्तवना प्राप्त गर्यो ।

विजेताहरुलाई प्रथम, द्धितीय, तृतिया र सान्वनालाई क्रमशः २५००, २०००, १५०० र १००० रुपैँया नगद र बधाई प्रत्र प्रदान गरियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.