www.tandavnews.com
Fact ~ In search of truth

स्थानीय नेतृत्व चयनका लागी प्रदेश गुहार्दैँ नेकपा

 

परासी ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ । जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको हो ।

Batas

स्थानीय तहमा नेतृत्वका लागि तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले आफ्नो अडान नछाडेपछि जिल्ला कार्यदलले स्थानीय कमिटीको नेतृत्व चयन गर्ने अधिकार प्रदेश कमिटीलाई दिएको हो । जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् ।

एक नगरपालिका र दुई गाउँपालिकामा माओवादी केन्द्र तथा दुई नगरपालिका र दुई गाउँपालिकाको नेतृत्व एमालेलाई दिनेमा सहमति नजुटेपछि प्रदेशलाई गुहार्नु परेको नेकपाका कार्यदल सदस्य थानप्रसाद गैरेले जानकारी दिए ।

स्रोतका अनुसार एमाले समूह सुनवल र बर्दघाट नगरपालिका तथा सरावल र सुस्ता गाउँपालिकाको नेतृत्व आफूले राखेर रामग्राम नगरपालिकासहित पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रलाई दिने पक्षमा छ । माओवादी केन्द्रले सुनवल वा बर्दघाटमध्ये एक नगरपालिका तथा पाल्हीनन्दन र सरावल गाउँपालिकाको नेतृत्व पाउनुपर्ने अडान लिएको छ ।

जिल्ला कार्यदलले यसअघि नगरपालिका तहबाट ७५ जना र गाउँपालिका तहबाट ७० जनाको नाम सिफारिस गरेको गैरेले बताए ।       रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.