www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा : वडा ११को भवन शिलान्यास

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ११ को भवन शिलान्यास गरिएको छ । वडा भवनको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले बुधबार शिलान्यास गरेका हुन् ।

साविक काहूँ गाविस र फूलबारीको सिमानामा रहेको ठाउँमा भवन निर्माण गर्न लागिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख मानबहादुर जिसीले जनताले तिरेको करबाट नै भवन निर्माण गर्न लागिएको बताउँदै भवनको रेखदेख वडाबासी सबैले गर्नुपर्ने बताए ।

Batas

‘जनतालाई सेवा दिने कार्यालय व्यवस्थित हुनु पर्दछ,’ उनले भने,‘ जनताको करबाट भवन बन्ने भएकाले यो जनताकै घर हो, निर्माणदेखि रेखदेखमा जनताले पनि चाँसो दिनुपर्दछ ।’

अत्याधुनिक भवन निर्र्माणसँगै सुशासनलाई महानगरपालिकाले प्राथमिकतामा राखेर काम गरेको बताए । मयेर जिसीले भवन निर्माण गर्दा गुणस्तरमा सम्झौता नगर्न र भवन निर्माणमा निगरानी गर्न वडाबासीलाई आग्रह गरे । तोकिएको मिति भन्दा अगाडि नै भवन सम्पन्न गर्न निर्माण पक्षलाई मेयर जिसीले निर्देशन समेत दिए ।

वडा नम्बर ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले लामो समयदेखि वडा कार्यालय भाडामा सञ्चालनहुँदै आएकाले भवन निर्माण गर्न लागिएको बताए । घर भाडावापत मासिक ३० हजार बुझाउनुपर्ने उनले बताए । वडाध्यक्ष बास्तोलाले आगामी मंसिर २८ गतेदेखि पुस ८ गतेसम्म काहूँमा धरहरा महोत्सव हुन लागेकाले त्यहाँ सम्म पुग्नका लागि केही ठाउँमा सडक मर्मत गर्नुपर्ने भएकाले महानगरले सहयोग गर्न मेयर जिसीसँग आग्रह गरेका थिए ।

२ करोड ४९ लाख ३३ हजारमा २ तले भवन आगामी १५ महिना भित्र निर्माण गर्न लागिएको महानगरका इन्जिनियर धु्रव भट्टराईले जानकारी दिए । कार्यक्रममा निर्माणको जिम्मा पाएको कम्पनीका अनील खड्काले तोकिएको समय भित्रै भवन निर्माण गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

वडाध्यक्ष मोहनप्रसाद बास्तोलाको अध्यक्षतमा भएको कार्यक्रममा वडा सदस्य तीर्था गुरुङ र वडा सचिव शिवहरि शर्माले बोलेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.