www.tandavnews.com
Fact ~ In search of truth

चितुवा खोज्न प्राविधिक तनहुँमा

दमौली ।

तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुन थालेपछि त्यसलाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषका चार प्राविधिक टोलीले प्रयास थालेको छ ।

गत कात्तिक २८ गते उक्त नगरपालिकाको वडा नं ४ जोखाने निवासी चार वर्षीया बालिका रञ्जिता लम्सालको चितुवाको आक्रमणबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले चितुवा खोज्न प्रहरी परिचालन गरी चार दिन खोज्दासमेत नभेटिएपछि संरक्षण कोषका प्राविधिक मङ्गलबार तनहुँ आइपुगेका हुन् ।

संरक्षण कोषबाट आएका प्राविधिकले मङ्गलबार भानुको जङ्गलमा खोर राखे पनि त्यहाँ चितुवा नआएकाले बुधबार हिजो पुनः जोखानेको जङ्गल क्षेत्रमा अर्को खोर राखिएको जिल्ला वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।

यसअघि विसं २०७४ फागुन १ गते वडा नं ३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो भने गत मङ्सिर १ गते पनि वडा नं २ निवासी सात वर्षीय सन्जन नेपाली घाइते भएका थिए ।  रासस

तस्बिर : गुगुलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.