www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा मुसा विरुद्ध अर्को उजुरी

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

मुसाले थन्क्याउने बेलाको धान खाईदिएको भन्दै पर्वतको कुश्मा नगरपालिका ११ शिल्मीका कृषकहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको केही समय बित्न नपाउँदै कुश्मा नगरपालिका ९ कटुवाचौपारीका कृषकहरुले पनि मुसाले धान नोक्सान पारेपछि राहात दिन माग गरेका छन ।

एक सय ६१ जना कृषकहरुले मुसाले धान नोक्सान गरेको भन्दै निवेदन दिएका हुन्। जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र र कुश्मा नगरपालिकामा राहातका लागि कृषकहरुको निबेदन पेश गरिएको वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले बताए।

Batas

आधा उत्पादन मुसाले खेतमै काटेपछि कृषकहरुले राहातको माग गरेको लामिछानेको भनाई छ । उनका अनुसार मुसाले एउटै घरको ३ मुरी देखि १५ मुरीसम्म धान नोक्सान पारिदिएको छ ।

मुसारका कारण चरम मारमा परेको भन्दै स्थानीयको निवेदन परेपछि जनप्रतिनिधिहरु र कृषि प्राविधिकले कृषकहरुको समबन्धित खेतमा नै पुगेर क्षतीको मुल्याकंन गरेका छन।

क्षतीको मुल्याकंन पश्चात कृषकहरुको खुद उत्पादन र नोक्सानको विवरण एकत्रित गरि वडा कार्यालयले राहातका लागि सिफारिस गरेको छ। कृषकहरुको माग सम्वन्धित निकायमा पठाई सकिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । वडा कार्यालयले जिल्ला प्रसासन कार्यालयमा कृषकहरुको क्षतीको विवरण सहित कृषकहरुलाई राहात दिन सिफारिस गरेको हो ।

क्षतीपूर्तीको व्यवस्था के कसरी दिन सकिन्छ? भनेर आवश्यक समन्वय गरिरहेको उनको भनाई छ ।

पर्वतकै कुश्मा नगरपालिका ११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले केही दिन अगाडि जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका थिए । पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानले मुसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

पाँच सय रोपनी क्षेत्रफलमा रोपाइँ हुने फाँटमा धानका बाला लाग्न थालेसँगै मुसाले काट्ने समस्या बढेपछि कृषकहरूले कुश्मा नगरपालिका कृषि शाखा, कृषि ज्ञान केन्द्र पर्वत र जिल्ला प्रशासन कार्यालयमा मुसा नियन्त्रणका लागि निवेदन दिएका हुन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.